आज:  | Fri, 29, Mar, 2024

आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि छलफल गर्न सकारलाई समर्थन गर्ने दलहरुबिच बैठक सम्पन्न

३ जेष्ठ २०८०, बुधबार ०८:४६ मा प्रकाशित ( १0 महिना अघि) ४३० पाठक संख्या
नारी बाटिका


काठमाडौँ ३ वैशाख वुधवार ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सरकारलाई समर्थन गर्ने दलहरुको बिचमा बैठक बसेको छ । पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्रीमा समर्थन गर्ने दलहरुको उपस्थितीमा सम्पन्न भएको बैठकले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रम माथि केन्द्रित रहेर बैठक बसेको हो । ५ गते सदनमा पेस हुने आगमी आर्थिक वर्षको लागी नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनु भयो ।

“यस आर्थिक वर्षमा महालेखा नियन्त्रक परिक्षकले गरेको लेखाको प्रतिवेदनको तथ्याङक अनुसार सरकार यसवर्ष वैशाख मसान्त सम्ममा करिव साँडे २ खर्व रुपयाँको आम्दानी भन्दा खर्च वढी भएकोले देशको आर्थिक अर्थतन्त्र घाटामा छ । जेठ २ मा बसेको बैठकमा भएको छलफलको विषयवस्तु नीति तथा कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेको थियो । आगमी वर्षको लागी नीति तथा कार्यक्रमका कुन विषयलाई प्राथमिकता दिने भन्ने बारेमा दलहरुका बीचमा छलफल भएको हो ।

बैठकमा शीर्ष नेताहरुले जन अपेक्षा पूरा गर्ने विषयलाई प्राथमिकता दिन सुझाव दिनु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पेस गर्न लागेको आगमी वर्षको नीति कार्यक्रम माथि सुझाव लिन सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाउनु भएको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायतका नेताहरुको उपस्थित रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस