आज:  | Wed, 24, Apr, 2024

नारी जागरण केन्द्रकेन्द्रद्धारा आयोजित एकदिने नसर्ने रोग सम्वन्धि निःशुल्क स्वास्थ्य शिविरमा १५६ जनाले सेवा लिए

४ जेष्ठ २०८०, बिहीबार २१:०३ मा प्रकाशित ( ११ महिना अघि) ५७६ पाठक संख्या
नारी बाटिका


धादिङ,४ जेठ ।   साथमा तस्विर सहित हेर्नुहोस

नारी जागरण केन्द्र धादिङको आयोजनामा सन्चालन भएको नसर्ने रोग सम्वन्धि निःशुल्क एकदिने स्वास्थ्य शिविर परिक्षणमा १५६ जनाले सेवा लिएका छन् । सुक्रवार सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविर कार्यत्रममा ९३ महिला । ६३ जना पुरुष गरी १५६ जनाले सुगर,पेसर,पिसाव,शरिरको तौल, उचाँइ लगायत स्वास्थ्य शिविर संन्चालन हुदा जेष्ठ नागरिकहरु २६ जनाले समेत सेवा लिएका हुन् ।

निलकण्ठ नगरपालिका वडा न। ३ वडा कार्यलय,र गैसस महाँसंघ धादिङ संगको सहकार्यमा ,नारी जागरण केन्द धादिङको सयुक्त रुपमा आयोजना भएको कार्यक्रममा नारी विकास सहकारी संस्था,नारी वाटिका डट्कम अनलाईन खबर को ब्यवस्थापन तथा सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

पछिल्लो समयमा मानिसहरुको खानापान,अवेस्थित समय,कार्य वेस्तता लगायतका कारण सुगर,पेसर,ग्याँस्ट्रिक आदीले स्वास्थ्यमा निकै समस्या बढ्दै गइ रहेएको छ । घरको आर्थिक समस्या,व्यवशायको उचित ब्यवस्थापन,फुर्सतिलो समय ,घरेलु हिंसा,पारिवारिक कलह आदीको कारणले पनि धेरै मानिसहरु डिप्रेसन बाट ग्रसित हुन थालेका छन् ।

यस्तै पछिल्लो समयमा मानिसहरु सर्ने रोगको बारेमा भने केही सचेत देखिएता पनि नसर्ने रोगहरुको बारेमा भने केही लापरवाही गर्ने गरेको पाइन्छ जसको कारण हाम्रो स्वास्थ्यमा विभिन्न रोगले अमक्रमण गरिरहेको हुन्छ र अकालमा मृत्यु सम्म हुन सक्छ । तेसमाथी पनि नसर्ने रोग जस्तै सुगर पेसर आदीले शरिरको मुख्य अंग मुटुलाई नै निसाना बनाइ रहेको हुन्छ ।

यिनै समस्याहरुमा सहयोग पुर्याउनका लागी नारी जागरण केन्द्रका महिला समुहहरु,समुदायका आर्थिक कमजोरीका कारण समयमा स्वास्थ्य चेकजाँच गराउनबाट बन्चित रहेका नागरिकहरुको समस्यालाइ मध्यनजर गरी नसर्ने रोगहरुको स्क्रिनिङ सहित शारीरिक चेकजाँच, सुगर,प्रेसर,पिसाब,उचाइ र तौल लगायत अन्य जाँचहरु भएको थियो ।

निलकण्ठ नगरपालिका वडा न। ३ वडा कार्यलय,र गैसस महाँसंघ धादिङ संगको सहकार्यमा ,नारी जागरण केन्द धादिङ,नारी विकास सहकारी संस्था,नारी वाटिका डट्कम अनलाईन खबरको सयुक्त रुपमा आयोजना र ब्यवस्थापन गरी स्वास्थ्य परिक्षण गर्ने कार्यक्रमको व्यवस्था मिलाइएको हो ।

यस कार्यक्रम धादिङवेशी बिचबजार चोकमा बाटोमा यात्रा गर्ने समुदायका नागरिकहरुलाई समेत पायक पर्ने गरी निशुल्क स्वास्य परिक्षण गर्ने व्यवस्था मिलाएको नारी जागर केन्द्रका कार्यकारी निर्देशक भगवती उपे्रतीले जानकारी दिनु भयो ।

निशुल्क स्वास्थ्य परिक्षण गर्ने गरी संन्चालन उक्त शिविरमा ३० वर्ष भन्दा माथीका उमेर समुहको लागी सुगर,पेसर,पिसाव,शारिरिक चेक,जाँच तथा तौल,उचाई लगायतमा स्वास्थ्य परिक्षण गर्ने कार्यक्रमको आयोजना गरिएको केन्द्रका कार्यकारी निर्देशक उप्रेतीले नारी वाटिका डट्कम अनलाइन खबरलाई जानकारी दिनु भयो ।

नसर्ने रोगको समस्या समाधान गर्ने उदेस्यले नेपाल सरकार वागमती प्रदेश ,स्वास्य विभाग स्वास्थ्य कार्यलय धादिङ, निलकण्ठ नगरपालिका वडा न।ं ३ कोे सहयोगमा ३० बर्ष माथि उमेर समुहका नागरिकहरुको नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर संन्चालन गरी जनचेतना जगाउने मुख्य उदेस्यले गैर सरकारी संस्थाहरु संग सहकार्य गरी समुदाय स्तरमा कार्यक्रम गरिएको हो

साथै उल्लेखित स्वास्थ्य शिविरमा केन्द्र अन्तर्रगत समुदायमा रहेका महिला समुहहरु,कर्मचारीहरु लगायत समुदाय तहका ३० बर्ष माथि उमेर समुहका नागरिकहरुको स्वास्थ्य समस्यामा सहयोग पुर्याउनका लागी स्वास्थ्य कार्यलय धादिङ र यस अभियानमा सहयोग गरिएको गैर सरकारी संस्था महाँसंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीले वताउनु भएको छ ।

साथै परिक्षण कार्यमा निलकण्ठ नगरपालिकाबाट स्वास्थ्यकर्मी, आवाश्यक सामान सहित उपलव्ध गराएको थियो । उक्त शिविर निलकण्ठ नगरपालिका धादिङवेशी बिचबिचबजार चोकमा विहान १० बजेदेखी ४ बजेसम्म संन्चालन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस