आज:  | Thu, 25, Apr, 2024

नारी विकास सहकारी संस्थाद्धारा समुह र शेयर सदस्यहरुलाई साना व्यवशायी स्वरोजगार र विमा सम्वन्धि तालिम

५ जेष्ठ २०८०, शुक्रबार ०८:११ मा प्रकाशित ( ११ महिना अघि) ५४६ पाठक संख्या
नारी बाटिका


धादिङ, ५ जेठ सुक्रवार ।

नारी विकास सहकारी संस्थाको आयोजनामा समुह र सहकारीका शेयर सदस्यहरुलाई युवा तथा साना व्यवशायी स्वरोजगार र समुहमा सहुलियत कर्जा प्रभाह सम्वन्धि तालिम संन्चालन गरिएको छ । नारी जागरण केन्द्रको प्राविधिक सहयोगमा सन्चालन भएको तालिममा जिवन विमा,उपचार विमा लगायतका विषयमा ३६ जना सदस्यको सहभागिता रहेको थियो ।

संस्थाको निलकण्ठ नगरपालिका वडा न। ३ पीथत आफ्नै भवनमा सन्चालित तालिममा निलकण्ठ नगरपालिका भित्रका उद्यमीशिल महिला समुह निलकण्ठ १२ वाहुनगाउँ,चेतनशिल महिला समुह निलकण्ठ १२ साँकोष,,सिर्जनशिल महिला समुह निलकण्ठ १२ पण्डितचौर,पशुपती महिला समुह निलकण्ठ १२, पशुपती मार्ग,नमुना महिला समुह निलकण्ठ १२ दामगाडे, चैनपुर महिला समुह ४ साँखु,रक्तकाली महिल समुह ४ सिम्पानी,भैरवी महिला समुह ४ अल्छिडाँडा, वागेस्वरी महिला समुह निलकण्ठ ३ इजारा,राधाकृष्ण महिला समुह ३ पाँचधारे,सितलबजार महिला समुह निलकण्ठ ३ लगायका समुह र सहकारीका शेयर सदस्यहरु गरी ३६ जनाको सहभागिता रहेको थियो ।

नारी जागरण केन्द धादिङको प्राविधिक सहयोग र नारी बिकास सहकारी संस्थाको आयोजना तथा ब्यवस्थापनमा सम्पन्न भएको उक्त तालिममा युवा तथा साना व्यवशायी स्वरोजगार कोष नेपाल सरकारद्धारा वैदेशिक रोजगारीमा नजार र स्वदेशमै बसेर सानो तिनो व्यवस्शाय संन्चालन गरी आर्थिक उपार्जनमा सहयोग पुर्याउनका लागी काम गरिरहेको छ ।

साथै परियोजनाले स्वदेशमै परिवारको साथमा रहेर मेहनत गर्न सके लाखौं खर्चिएर परिवार धान्नकै लागी विदेश जानुपर्ने झन्झट्बाट मुक्त हुन सकिन्छ भन्ने सन्देश दिई स्वदशमै रहेर आम्दानीका बाटाहरु खोज्न सकिने भएकोले सुलव ब्याजदरमा सदस्यहरुलाई ऋण प्रभाह गरी व्यवशायमा सहयोग पुर्याउनका निमित्त युवा तथा साना व्यवशायी स्वरोजगार कोष नेपाल सरकारको कार्यक्रमले नारी विकास सहकारी संस्थामा सुलव ब्याजदरको ऋण उपलव्ध गराएको छ भने यस परियोजना मार्फत सहकारी संस्थाले सदस्यको अवस्थाको पहिचान गरी विपन्न वर्गका आफ्ना शेयर सदस्यहरुलाई २ लाख रुपयाँ सम्म ४ प्रतिशत ब्याजदरमा ३६ महिना सम्म अवधी रहने गरी ऋण प्रभाह गरिरहेको छ ।

पछिल्लो समयमा मानिसहरुमा आर्थिक समस्याकै कारण मानसिक रुपमा स्वास्थ्यमा निकै समस्या बढ्दै गइ रहेएको छ । घरको आर्थिक समस्या,व्यवशायको उचित ब्यवस्थापन,नहुनु, कतिपयमा मानिसहरुमा अल्छिपन,काम नगरी खाने,फुर्सतिलो समयका कारण जुवातास लागु पदार्थ खाइ ,घरेलु हिंसा,पारिवारिक कलह आदीको कारणले पनि धेरै मानिसहरु डिप्रेसन बाट ग्रसित हुन थालेका छन् ।

jकुनै न कुनै काममा विजी हुने हरुले आर्थिक उपार्जन गर्न सक्छन भने समयको पनि बचत हुंदा पारिवारिक कलह र घरेलु हिंसामा न्युनिकरण हुने भएको संस्थाले सदस्यहरुलाई विगत देखीनै विभिन्न कार्यक्रममा सदस्य र समुहहरुमा चेतनामुलक काम गर्दै आईरहेको छ

यस्तै पछिल्लो समयमा मानिसहरु सर्ने रोगको बारेमा भने केही सचेत देखिएता पनि नसर्ने रोगहरुको बारेमा जानकारी नहुदा लापरवाही गर्ने गरेको पाइन्छ जसको कारण हाम्रो स्वास्थ्यमा विभिन्न रोगले अमक्रमण गरिरहेको हुन्छ र अकालमा मृत्यु सम्म हुन सक्छ । तेसमाथी पनि नसर्ने रोग जस्तै सुगर पेसर आदीले शरिरको मुख्य अंग मुटुलाई नै निसाना बनाइ रहेको हुन्छ ।

यिनै समस्याहरुमा सहयोग पुर्याउनका लागी नारी जागरण केन्द्रका महिला समुहहरु,समुदायका आर्थिक कमजोरीका कारण समयमा स्वास्थ्य चेकजाँच गराउनबाट बन्चित रहेका नागरिकहरुको समस्यालाइ मध्यनजर गरी नसर्ने रोगहरुको परिक्षण गर्न स्वास्थ्य शिविर को आयोजना गरी तालिमका आएकाहरु सदस्यहरुलाई निशुल्क स्वास्थ्य परिक्षणमा सहभागी गराइएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस