आज:  | Thu, 25, Apr, 2024

क्याम्पसका बिद्याथीहरुलाई सफा र स्वस्थ्य सेनिटरी प्याड बनाउने सम्वन्धि तालिम संचालन

६ जेष्ठ २०८०, शनिबार ०९:३८ मा प्रकाशित ( ११ महिना अघि) ५२८ पाठक संख्या
नारी बाटिका


धादिङ,०६ जेठ

क्याम्पसमा अध्ययनरत छात्राहरुका लागी अनिवार्य प्रयोग गर्नु पर्ने सेनिटरी प्याड आफैले बनाई आर्थिक रुपमा पनि खर्चको बचत गर्न बिद्याथीहरुलाई सिप प्रदान गर्ने उदेस्यले तालिम दिएको छ । नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरुका लागी महिनावारीका समय आवश्यकता पर्ने सेनिटरी प्याडलाई सफा र स्वच्छता व्यवस्थापन गर्नका लागी वैकल्पिक सेनिटरी प्याड बनाउने तालिम संचालन भएको हो।

युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजना तथा त्रिचन्द्र क्याम्पसको सहयोगमा सुक्रवार देखि २ दिने तालिम संचालन भएको हो ।
विषेश गरी महिलाहरुमा महिनावारी, तथा सुत्केरी भएका समय जथाभावी फोहर कपडा र सस्तो प्याड प्रयोग गर्नाले महिलाको पाठेघरमा समेत इन्फेक्सन हुने भएकोले सफा र स्वस्थ्य व्याड तथा कपडा प्रयोग गर्नु पर्ने आवश्यकता पर्दछ ।

बजारमा किन्ने सेनिटरी प्याड बढि खर्चिलो हुनुका साथै गुणस्तर पनि कम हुने भएकोले महिनावारी तथा सुत्केरी भएको समयमा महिलाहरुलाई अति आवश्यकता पर्ने प्रजनन् स्वास्थ्य संग सम्बन्धि थप जनचेतना जगाउन र घरेलु प्याडको प्रयोगबारे जानकारी दिने उद्धेश्यले तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ।

साथै महिलाको प्रजनन् स्वास्थ्य संग जोडिएका सरसफाइ र स्वच्छता व्यवस्थापनको लागी बिद्याथी उमेर देखीनै यस्ता आवश्यकमुलक विषयमा सिप र ज्ञान प्रदान गर्दै लान सके भविश्यमा महिलाको स्वास्थ्यमा प्रत्यक्ष अशर पुर्याउने सामाग्री प्रयोग गर्ने बानी बाट टाढा बस्न सकिन्छ भने आर्थिक रुपमा खर्चको बचत गर्न वैकल्पिक सेनिटरी प्याड बनाउने तालिम महत्वपुर्ण रहेको क्याम्पस प्रमुख नवराज शर्माले वताउनु भएको छ ।

त्यसैगरी नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले यस्ता थुप्रै सामाजिक कार्यमा लागेको शर्माले बताउनु भयो । उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य गर्नको लागि आग्रह गर्नु भएको छ । तालिममा ४२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा संचालन भएको तालिम कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङको प्रमुख अतिथ्य रहेको थियो भने नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नमराज शार्माको विषेश आतिथ्य रहेको थियो । यस तालिममा क्याम्पसका शिक्षक शिक्षिका, विद्यार्थी छात्रा छात्रहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस