आज:  | Thu, 18, Apr, 2024

जेठ १५ पर्ने गणतन्त्र दिवस भव्यताका साथ मनाउने तयारी गरिदै

६ जेष्ठ २०८०, शनिबार १६:१२ मा प्रकाशित ( ११ महिना अघि) ५८३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ६ जेठ शनिवार ।

सरकारले आगमी जेठ १५ गते पर्ने गणतन्त्र दिवसलाई भव्यताका साथ मनाउने गरी तयारी गरिदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुक्रवार बसेको ‘बैठकले यस्तो निर्णय गरेको हो । गणतन्त्र दिवस २०८० मूल समिती गठन गरी उक्त दिवश कार्यक्रममा बढी भन्दा बढी नागरिकको सहभागिता गराउने गरी भव्यताले कार्यक्रम गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

उक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावना अनुसार ‘गणतन्त्र दिवस’लाई भव्य र सभ्य बनाउन मातहतका निकायलाई निर्देशन मिेत दिनु भएको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्ण बहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु र नेपाल सरकारका सचिवहरुको उपस्थिति रहेको थियो । यसैगरी गणतन्त्र दिवश कार्यक्रमलाई सफल बनाउन मूल समितीले कार्य जिम्मेवारी समेत बाँडफाँड गर्न आवश्यक उपसमितिहरु पनि गठन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस