आज:  | Fri, 19, Apr, 2024

भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई थप ३ दिन हिरासतमा रखिने ।

७ जेष्ठ २०८०, आईतवार १९:५३ मा प्रकाशित ( ११ महिना अघि) ५९४ पाठक संख्या
नारी बाटिका


काठमाडौं जेठ ७ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिनको हिरासतमा रखिने भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका राज्यका उच्च प्रोफाईल भएका विभिन्न राजनितिक दलका नेताहरु पुर्व गृहसचिव सहित अन्य गिरोहहरुलाई थप ३ दिनको हिरासतमा राखि अनुसन्धान गरिने भएको छ ।

जिल्ला अदालत काठमाडौंले आइतबार यस प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिनको हिरासतमा राखि थप अनुसन्धान गरिने भएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका वाहालवाला सचिव टेक नारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १६ जना पक्राउ परेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस