आज:  | Fri, 26, Apr, 2024

धादिङ अस्पतालको सामाजिक लेखापरिक्षण सम्पन्न

८ जेष्ठ २०८०, सोमबार १९:२६ मा प्रकाशित ( ११ महिना अघि) ३७७ पाठक संख्या
नारी बाटिका


धादिङ जेठ ८

आइतवार धादिङ अस्पतालले सरोकारवालाहरुको बिचमा सामाजिक लेखापरिक्षण कार्यको सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७८र७९ को सामाजिक परिक्षण गर्ने कार्य सम्पन्न गरिएको हो । सोमबार धादिङ मिडिया नेटवर्कको आयोजनामा धादिङ अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

अस्पतालले सेवाग्राहीहरलाई प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउन सरोकारवालाहरुको बिचमा प्रतिवद्धता समेत गर्दै चुस्तदुरुस्त हिसावले काम गर्ने जनाएका छन् ।कार्यक्रममा सहभागीहरु सेवाग्राही तथा सरोकारवाला निकायले जिज्ञासा सहितको सुझाव र सल्लाह दिदै धादिङ अस्पतालको कमी कमजोरी सुधार गरी आगमी दिनमा सेवा तथा सुविधाजनक हिसावले काम गर्नु पर्नेमा जोड दिएका हुन् ।

धादिङ अस्पतालको क्षेत्राधिकार वृहत र सेवाग्राही पनि ठूलो संख्यामा भएका कारण सेवा विस्तार तथा चुस्त बनाउनु पर्ने सहभागीहरुको चासो रहेको थियो । कर्मचारी नियुक्तीमा केहि व्यक्तिहरुको हालिमुहाली, सेवा तथा सुविधामा ढिला सुस्ति, सेवाग्राही जादा चिकित्मक नभेटिने समस्या, चिकित्सकले गर्ने व्यवहार, निशुल्क पाइने औषधि सहज नहुनु, एम्बुलेन्स र शव वाहन सेवा लिन कठिन, अस्पताल परिसर शौचालय दुर्गन्धित र फोहर रहेको जिज्ञासा आएको थियो ।

,त्यस्तै सामाजिक सुरक्षा इकाइ प्रभावकारी नहुनु, विशेषज्ञ सहितको सेवा निरन्तरता नहुनु नागरिकका स्वास्थ्यमा प्रत्यक्ष अशर पार्ने कार्य भइरहेको जस्ता कमी कमजोरीलाई सुधार गर्नु पर्ने सुभाव दिएका छन् ।

अस्पताललाई सुधार गर्न आ–आफ्नो तवरबाट पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् । अस्पतालले प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउने धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डण्ट डाक्टर रुद्रमणी भण्डारीले बताउनु भएको छ । अस्पतालमा सुुधार गर्नु पर्ने कामको थालनी गरी अस्पतालमा सेवा लिन आउनु हुने सेवाग्राहीको विश्वास थपिने काम गर्ने मेसु भण्डारीले प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तै, सहभागीहरुको जिज्ञासा सम्बोधन गर्दै सुझाव र सेवाग्राही कै चाहना अनुरुप अस्पतालले सेवा प्रवाह गर्ने धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताएका छन् । अस्पतालले दिने सेवा तथा सुविधामा सहज र प्रभावकारी सेवा प्रवाह गर्ने उहाँले बताउनु भयो ।

कार्यक्रमको सहजीकरण गर्दै पत्रकार मनिष दुवाडीले अस्पतालले प्रवाह गर्दै आएका सेवा तथा सुविधा, समस्या तथा चुनौति, अस्पतालले थालेका राम्रा अभ्यास र सुधार गर्नुपर्ने कुरा लगायतका विषयमा जानकारी गराएका थिए ।

अस्पतालबाट आर्थिक वर्ष ०७८÷०७९ मा ५२ हजार २०३ जनाले ओपिडि सेवा, १३ हजार ३६९ जनाले इमर्जेन्सी सेवा, १३ हजार ६९९ जनाले एक्सरे, ४ हजार २८८ जनाले स्त्री रोग सेवा लगायतका सेवाबाट सेवाग्राही लाभान्वित बनेका बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस