आज:  | Thu, 28, Mar, 2024

नेपाल ट्रेडयुनियन काँग्रेस धादिङको सातौ जिल्ला अधिवेशन सम्पन्न भइ नव निर्वाचित प्रतिनिधीहरुलाइ प्रमाण पत्र वितरण

८ जेष्ठ २०८०, सोमबार २०:२५ मा प्रकाशित ( १0 महिना अघि) ६६३ पाठक संख्या
नारी बाटिका


धादिङ जेठ ८

नेपाल ट्रेडयुनियन काँग्रेस धादिङको सातौ जिल्ला अधिवेशन वेशाख ३१ मा सम्पन्न सम्पन्न भएपछी आइतवार एक समारोहका बिच नव निर्वाचित जिल्ला,प्रदेश र संघिय पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको छ ।

नेपाली  काँग्रेस निकट तथा भातृ संगठनको रुपमा काम गर्ने  नेपाल ट्रेडयुनियन धादिङको सातौ जिल्ला अधिवेशन भवनाथ अधिकारप्को अध्यक्षतामा सम्पन्न गरी जिल्ला कार्य समितीमा पुर्व शिक्षक धुर्व रिजालको अध्यक्षतामा ,विषयगत संघका ५ उपाध्यक्ष सहित २६ जना चयन भएका छन् ।

त्यस्तै युनियनका क्रियाशिल सदस्यहरुका बिचमा सम्पन्न भएको अधिवेशन बाट वागमती प्रदेश प्रतिनिधीमा खुल्ला तर्फ  ४ जना पुरुष र महिला तर्फ २ जना गरी ६ जना चयन भएका छन् भने संघिय प्रिितनिधीमा १ महिला सहित ३ जना चयन भएका हुन् ।

प्रदेश प्रतिनिधीमा पुरुष तर्फ शिवहरी अधिकारी, केदार रिजाल,महिला तर्फ भगवती उप्रेती,भगवती लामिछाने लगायत ६ जना रहेका छन् भने संघिय प्रतिनिधीहरुमा विष्णु अधिकारी,तुलसी प्रशाद अधिकारी र १ महिला प्रतिनिधी रहेका छन् ।

भवनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सातौं अधिवेशनका निलकण्ठ माविका पुर्व प्रध्यानापक विष्णु सिलवालको संयोजत्वमा ३ सदसिय निर्वाचन कमिटीले निर्वाचन सम्पन्न गरी जेठ ७ गते आइतवारका दिन एक समारोहका बिच नव निर्वाचित प्रतिनिधीहरुलाई प्रमाण पत्र वितरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस