आज:  | Thu, 28, Mar, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई थप कारवाही अघि बढाउन आज अदालतमा सरकारी वकिलले अभियोजन दर्ता गर्ने

१० जेष्ठ २०८०, बुधबार ०७:४३ मा प्रकाशित ( १0 महिना अघि) ५१८ पाठक संख्या
नारी बाटिका


काठमाडौं १० जेठ वुधवार ।

नक्कली भुटानी शरणार्थी दोषीका बारे कारवाही प्रकृयामा थप अनुमतीका लागी आज अदालतमा सरकारी वकिलले अभियोजन दर्ता गर्ने भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने भएको हो ।

सोमबार प्रहरीले बुझाएको राय सहितको प्रतिवेदन अध्ययन गरी अभियोजनका लागि गठित आठ सदस्यीय समितिले अभियोजनपत्र तयार गरेको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिएका छन् । ‘उहाँले भन्नु भयो बुधवार मुद्दा दर्ता गर्ने गरी अध्ययन गरिरहेका छौँ, प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्ने वताउनु भयो ।

गिरोहले भुटानी शरणार्थी बनाउन नक्कली कागजात तयार गरी अमेरिका पठाउन सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमवार जिल्ला प्रहरी काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो।

यस घटनाका पूर्वमन्त्री, सचिव सहितका १६ जना पक्राउ परिसकेका छन् भने अरु आरोपित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय दिइएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनु भएको छ । प्रहरीका अनुसार यस ठगी प्रकरणमा राज्यविरुद्धको अपराध र संगठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीले दिएको छ। घटनामा थप अनुसन्धानको कार्य खुला रहेको पनि रिजालले जानकारी गराउनु भयो ।

कानुनी व्यवस्था अनुसर घटनामा ६० दिन भित्र अभियोजन दर्ता गरिसक्नु पर्छ। आज बुधबार नै ६० दिन पुग्दैछ। घटनामा ११३ जना पीडितले २७ करोड ५० लाख भनदा बढी ठगी भएको भन्ने उजुरी दिएका थिए । सोही आधारमा बिगो समेत भराउने गरी अभियोजन दर्ता गर्न राय दिइएको प्रहरीले जनाएको छ।

भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोप वहादुर रायमाझीका छोरा सन्दीप रायमाझी सहित गिरोह केशव दुलाल, नाइके सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि अनुसन्धानका लागि हाल हिरासतमै छन्।

त्येसैगरी यस घटनाका आरोपित पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरज सहितका १७ जना फरार रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस