आज:  | Tue, 23, Apr, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणका नाम जोडिएका सबैको छानबिन गरौँ ः नेता गगन कुमार थापा

१० जेष्ठ २०८०, बुधबार १५:४२ मा प्रकाशित ( ११ महिना अघि) ५२१ पाठक संख्या
नारी बाटिका


काठमाडौं  १० जेठ वुधवार ।

नेपाली कांग्रेसका महामन्त्री एव्ं सांसद गगन कुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम जोडिएका जति सबैको छानबिन गरी गल्तिी देखिएका सवैलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्नु भएको छ ।

आज बसेको प्रतिनिध सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८० । २०८१ को लागी नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद थापाले भ्रष्टाचारको अन्त्य र देशमा सुशासन कायम गर्नको निम्ति नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैलाई छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने उहाँको माग रहेको छ ।

प्रधानमन्त्री दाहालको ‘भिजन’अनुरुप नीति तथा कार्यक्रम आउन नसकेको बताउँदै सरकारले भूमि बैंकको अवधारणा ल्याउनु पर्नेमा जोड दिनु भयो । गुणस्तरीय शिक्षा र नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउन सक्ने अवस्थाको सिर्जना गर्ने हो भने नेपालमा भ्रष्टाचार अन्त्य गर्न केही सहयोग पुग्ने पनि उहाँको तर्क छ ।

त्यस्तै नेकपा एमालेका नेता तथा सांसद गोकर्ण विष्टले सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि आएका सुझावलाई समावेश गर्ने परम्पराको थालनी गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले आर्थिक वृद्धिका लागि मुलुकको अर्थ तन्त्रलाई टालटुल गर्ने भन्दा पनि संरचना गत रुपमा सुधार गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

त्यस्तै सांसद पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम माथि सांसदहरुले दिएका सुझावलाई समावेश गर्नु पर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, “सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेरो समर्थन छ, भैरहवा–पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल गर्ने, तथा ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’भन्ने नारालाई व्यवहारिक रुपमा कार्यन्वयन गर्ने गरी व्यवस्थापन गर्नु पर्छ भन्ने विचार व्यक्त गर्नु भएको थियो । सरकारले ऐन÷कानुन निर्माण गर्ने क्रममा सङ्घीयता कार्यान्वयन गर्ने गरी निर्माण गर्नु पर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एव्ं सांसद रवि लामिछानेले नीति तथा कार्यक्रममा मुलुकको वर्तमान अवस्थाको गम्विर समिक्षा गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “आर्थिक वृद्धि अत्यन्त न्यून हुने अवस्था सिर्जना भएको पछिल्लो तथ्यलाई आत्मसाथ गरेर मात्रै आगामी वर्षको नीति तथा कार्यक्रम बन्नु पथ्र्यो ।”

राजनीति र प्रशासनको उच्च तहको मिलेमतो र संरक्षणमै ठूला ठूला भ्रष्टाचार भइरहेको बताउँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले पनि पैसाको चलखेल भइरहेको दाबी गर्नु भयो ।

लामिछानेले भन्नु हुन्छ “विदेशमा रहेका युवा र दक्ष जनशक्तिलाई नेपालको आर्थिक विकासमा जोड्ने स्पष्ट नीति सरकारको नीति तथा कार्यक्रममा देखिएको छैन, वैदेशिक रोजगारीमा गएका युवालाई फर्किन मन लाग्ने नीति तथा कार्यक्रम ल्याउनु पर्ने थियो ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस