आज:  | Sat, 27, Jul, 2024

बागमती प्रदेश सरकारद्धारा सार्वजनिक सवारी साधनको भाडा दर समायोजन

११ जेष्ठ २०८०, बिहीबार १४:२४ मा प्रकाशित ( १ साल अघि) ५५४ पाठक संख्या
नारी बाटिका


वागमती प्रदेश ११ जेठ

पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि बागमती प्रदेश सरकारले प्रदेश भर चल्ने सार्वजनिक सवारी साधानको भाडा दरमा समायोजन गरेको छ।

गत हप्ता नेपाल आयलनिगमले पेट्रोलियम पदार्थको मूल्य घटाए पछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि वागमती प्रदेश सरकारले पनि भाडा दर घटाउने निर्णय गरेको हो।

प्रदेश भित्र अन्तर स्थानीय तहमा चल्ने सार्वजनिक सवारी साधनको कम्तिमा सिन पाँच प्रतिशतका दरले भाडादर घटाउन प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले निर्णय गरेको हो।

मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बुधबार बसेको भाडा निर्धारणरसमायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको जानकारी दिनु भयो ।

उहाँका अनुसार आज विहिवार जेष्ठ ११ गतेको राजपत्रमा सुचना प्रकाशित भएपछि घटाइएको भाडादर लागू हुने जनाएको छ।

बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घटाउने गरी मन्त्रालयले निर्णय गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस