आज:  | Fri, 26, Apr, 2024

टिकापुर घटनाका योजनाकार रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने सरकारको तयार

१२ जेष्ठ २०८०, शुक्रबार ०९:४२ मा प्रकाशित ( ११ महिना अघि) ४०६ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ १२ जेठ सुक्रवार ।

टिकापुर घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरीलाई सर्वोच्च अदालतको फैसल्लाले जन्मकैदको सजायँ दिलाएको भएता पनि सरकार आफैले न्यायलयको फैसलाको धज्जी उँडाउदै आगमी जेठ १५ गते शोमवार मनाइने गणतन्त्र दिवसको अवसर पारेर आममाफी दिने तयारी गरिरहेको छ ।

कैलालीको टीकापुर घटनामा योजनाकारको दोषी ठहर भएका पूर्व सांसद रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढाएको हो ।रेशम चौधरीलाई जन्मकैदको फैसला हुने जिल्ला अदालतको फैसला सर्वोच्च अदालतले जेठ १ गते सदर गरेको थियो ।

तर सर्वोच्चले सदर गरेको केही दिनमै सरकारले कैद माफी गर्ने प्रक्रिया अघि बढाएको हो ।

चौधरीलाई यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी दिनेगरी सरकारले फाइल अघि बढाउँदै तयार गरिरहेको स्रोतले जनाएको छ ।
सजाय माफी माग गरिएको चौधरीको निवेदन गृह मन्त्रालय मार्फत् राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

चौधरीको बाँकी कैद सजायँ माफीको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको टोलीले वुधवार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरिसकेका छन् ।

चौधरीले कानुन अनुसार कैद भुक्तान गरिसकेकाले उनलाई माफी दिँदा संविधान र कानुन विपरीत नहुने सरकारको जिकिर छ ।

चौधरीलाई जन्मकैद हुने सर्वोच्चको पूर्णपाठ नआइसकेकाले आममाफी दिनको लागि राष्ट्रपति कार्यालय भने अन्योलमा रहेको स्रोतको दावी छ ।

कैलालीको टीकापुरमा २०७२ सालको भदौमा ७ मा भएको विधंशकारी घटनामा जहाँ २ वर्षे आमाको काखमा बसेर दुध खाने दुधे वालक समेत १० जना सुरक्षाकर्मी को ज्यान जाने घटना भएको थियो ।

घटनामा रेशम चौधरी संलग्न रहेको सर्वोच्च अदालतको ठहर छ । चौधरी २०७४ सालदेखि जेलमा छन् । जन्मकैदको सजायँअनुसार चौधरीले २० वर्ष कैद भुक्तान गर्नु पर्ने फैसल्लामा उल्लेख छ ।

चौधरी जेलमा रहे पनि उहाँकै सक्रियतामा खुलेको नागरिक उन्मुक्ति पार्टीको सङ्घीय संसद्ले ३ सिट जितेको थियो । १ जना दुधे वालक सहित ११ जनाले जिउँदै आगो लगाएर ज्यान गुमाएको मानव विरोधी घटनामा परी उनिहरुको अभावमा पिडा भोगी रहेका उनका परिवार आफन्तको आँखाको आँशु सुक्न नपाउँदै सरकारले आममाफी दिन लागेको भन्ने समचारले आफुहरु बाँचेर पनि जिउँदै मरेको पिडा भएको गुनासो छ पिडितका परिवार र आपन्तहरुको ।

यदी चौधरीको त्यस घटनामा संलग्नता थिएन र उनि निर्दोष थिए भने उनिलाई किन आजसम्म जेल राखियो ? किन कारवाही चलाइयो निर्दोष मानिसलाई  विना कसुर जो कोहीलाई पनि सजायँ दिनु भनेको सरकारका न्याय समेन्त्रको लापर्वाही हो यसरी दिन पाइदैन ।

गल्ति छ भने अपराध गर्ने जो कोहीलाई पनि माफी हैन न्यायलयले तोकेको पुरा समय सम्म सजायँ हुनुपर्छ नत्र नेपालमा पावर,पैसा  र पहुँचवाला ब्यक्तिहरु बाट झनै ठुला ठुला अपराधका घटना
हरु घट्दै जानेछ भन्छन् , कानुनका जानकारहरु ।

साथै  यस्ता अपराधिक घटनाहरुका व्यक्तिहरुलाई विगतका राष्ट्रपतीहरु देखीनै वर्ष वर्षमा आउने दिवसका नाउमा विगतका सरकारले गरेका गल्ति कमजोरीलाई पछ्याउँदै,पुष्पकमल दाहाल प्रचण्ड सरकारले पनि  आममाफी दिने कामको तयारी भैरहेको भन्ने समचार आईरहेको  छ । तरपनि मानवधिकार आयोग भन्ने कहाँ छ ? किन चुपचाप मौन छ ? भन्ने जस्ता प्रश्न गरिरहेकाछन् नागरिकहरु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस