आज:  | Thu, 25, Apr, 2024

पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटनाबारे संसद बैठकमा खैलाबैला, छानविन समिति गठन गर्न सांसद दाहालको माग

१२ जेष्ठ २०८०, शुक्रबार १९:४५ मा प्रकाशित ( ११ महिना अघि) ५५१ पाठक संख्या
नारी बाटिका


 

काठमाडौँ — १२ जेठ सुक्रवार ।

भनिन्छ नी,काम हुने(सप्रने)घरको सल्ला बढी । काम नहुने(बिग्रने )घरको हल्ला बढी भने झैँ । फेरी आजको संसद बैठकमा नयाँ विषयले खैलावैला मच्चियो । नेकपा एमालेका अध्यक्ष एव्ं पुर्व प्रधानमन्त्रि केपी शर्मा वलीको नेतृत्वमा बनेको तत्कालिन वली सरकारको पालमा बनेको पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटना नौलो भने होइन नै यस विषयमा पहिला पनि महाँलेखा परिक्षकको कार्यलयले तयार गरेका प्रतिवेदनमा समेत प्रश्न उठाएको विषय हो . तर फेरी २०८० साल जेठ १२ गते बसेको संसद बैठकमा यस बारे ठुलै खैला बैला मच्चिएको हो ।

आज बसेको संसददिय बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसद्‍मा पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु भएको थियो । आज शुक्रबारको संसद्‍ बैठकमा आफूले यसबारे प्रश्न उठाउँदा संसदीय मर्यादा उल्लंघन नभएको उनको भनाइ पनि रहेको थियो ।

सांसद दाहालले यसबारे प्रश्न उठाउँदा नेकपा एमालेका सांसदहरूले उफ्रिएर आपत्ति जनाउँदै संसद्‍ भवनमा ठुलै खैलावैला गर्दै बैठक नै अवरुद्ध पारेका थिए । सांसद दाहालले भने बरु एमाले अध्यक्ष केपी ओलीले नै संसद्‍मा बोल्दा संसदीय मर्यादा उल्लंघन गर्ने गरेको आरोप लगाउनु भएको छ । संसद्‍ अवरुद्ध भएपछि पत्रकारहरू सँग बोल्दै सांसद दाहालले यस्तो प्रतिक्रिया दिनु भएको हो ।

सांसद दाहालले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै एमालेले आपत्ति जनाएकोमा जवाफ दिँदै सांसद दाहाल भन्नु हुन्छ ,बरु केपी ओलीज्यूले नै २ घण्टाको अभिव्यक्तिमा हरेक ५ मिनेटमा संसदीय मर्यादा उल्लंघन गर्ने काम गर्नु भएको छ ।

मैले प्रश्न उठाउँदा व्यक्ति माथि किटान गरेको छैन । तत्कालीन प्रधानमन्त्रीको रुपमा केपी ओलीज्यूले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ भनेको मात्रै त हुँ । संसदीय छानबिन समिति गठन गरौं न त । त्यो सुन कसले खायो रु उहाँहरूले आपत्ति जनाउनु पर्ने कुनै आधार नै छैन, सांसद दाहालले भन्नु हुन्छ, उहाँको सरकारको पालामा भएका भ्रष्टाचारका घटनाको छानबिन गरौं भनेर फहरिस्त बुझाउने क्रममा मैले कुरा उठाएको त हुँ । पशुपतिको जलहरी लगाउँदा भएको अनियमितताको पनि प्रसंग उठाएको हुँ नी ।

साथै उक्त योजना माथि पहिले नै मुद्दा परेको स्मरण गराउँदै सांसद दाहालले त्यस क्रममा ११ किलो सुन नभेटिएको दाबी समेत गर्नु भएको छ। संसद्‍मा दाहालले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने भन्दै एमालेका सवैजना उठेर ठुलै खैला वैला गर्दै सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस