आज:  | Thu, 25, Apr, 2024

बारा जिल्लााका निमित्त हुलाक प्रमुख कर्मचारीबाट दुई करोड ठगी भएको आरोपमा पक्राउ

१४ जेष्ठ २०८०, आईतवार ०८:०५ मा प्रकाशित ( ११ महिना अघि) ३८० पाठक संख्या
नारी बाटिका


तस्विर ः सामाजिक संन्जाल बाट साभार गरिएको ।

जेठ १४ आइतवार ।

हुलाकका कर्मचारीबाट दुई करोड ठगी भएको आरोपमा बाराका निमित्त प्रमुख बलिराम प्रसाद कुर्मी पक्राउ परेका छन् । हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेकोमा सो खाताबाट करिब दुई करोड रकम ठगी गरेको उनी माथी उजुरी परेपछी कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले सार्वजनिक गर्नु भएको हो ।

पर्सा, बहुदारमाई गाउँपालिका–२ बस्ने कुर्मीले देवताल गाउँपालिका–४ टोल पिप्राढी निवासी ५५ वर्षीय प्रदीप कुमार चौधरीको खाताबाट ३५ लाख ५० हजार पाँच सय २६ र उहाँकी पत्नीको खाताबाट रु २१ लख ५३ हजार आठ सय ८५ गरी रु ५७ लाख चार हजार चार सय ११ हिनामिना गरेको पिडितहरुको आरोप छ।

निमित्त हुलाक प्रमुख कुर्मीले उनीहरु सहित १३ जना बचत कर्ताको रु एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ आफ्नो खातामा ट्रान्सफर गरी हुलाकको खाता शून्य बनाइ सो रकम हिनामिना गरेको आरोपमा महागढीमाई नगरपालिका–२ बरियापुरका ज्ञान प्रकाश रौनियार सहित १३ जनाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले हुलाकका निमित्त प्रमुख कुर्मीमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रवक्ता पाण्डेयले बताउनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस