आज:  | Tue, 16, Apr, 2024

आज दिउँसो सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गयो

१४ जेष्ठ २०८०, आईतवार १६:५३ मा प्रकाशित ( १0 महिना अघि) ५३९ पाठक संख्या
नारी बाटिका


नारी वाटिका संवाददाता
१४ जेठ आइतवार ।

आज दिउँसो सिन्धुपाल्चोकको गोल्चे भन्ने स्थानको केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे भन्ने स्थानको आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

यस अघि गएको हप्ता जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लोे समयमा नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढीरहेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस