आज:  | Thu, 25, Apr, 2024

विनोद थापा मगरको हत्यारालाई जन्मकैद सजायँको माग गर्दै जिल्ला प्रशासन कार्यलय प्रदर्शनी

१५ जेष्ठ २०८०, सोमबार ०८:४३ मा प्रकाशित ( ११ महिना अघि) ३४७ पाठक संख्या
नारी बाटिका


धादिङ, १५ शोमवार जेठ ।

वैशाख २८ गते वेलुकी धादिङको गल्छि गाउँपालिका–८ मा भएको चक्कु प्रहारबाट मारिएका विनोद थापा मगरको हत्यामा संलग्न तीनै जनालाई आजिवन जेल सजायको माग राख्दै आफन्त र स्थानीयहरुले धादिङबेशीप्रदको जिल्ला प्रशासन कार्यलय अगाडी आइतवार प्रदर्शन गरेका छन् ।

हत्यामा संलग्न भएको आरोपमा गल्छिकै शानदार होटलका सञ्चालिका सरस्वती पनेरु पण्डित, उनका छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका १४ घरभई हाल गल्छी– ८ बस्दै आएका किरण रानालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

वेलुकीपख होटलमा खाजा खान गएका विनोदको शरिरै भरी छुरा प्रहार क्रुर हत्यामा संलग्नलाई भएकालाई आजिवन जेल सजायको माग राख्दै स्थानीयवासी सहितले धादिङबेशी स्थित जिल्ला प्रशासन कार्यलय अगाडी पिडितका लागी न्याय माग्दै प्रदर्शन गरेका हुन् ।

क्रुर तरिकाबाट थापाको हत्यामा संलग्न तीनै जनामाथि अनुसन्धान जारी छ । अनुसन्धानको क्रममा पिडकहरुले प्रहरी प्रशासन र अदालत समेत आफ्नो पक्षमा पार्न सक्छन् हुन पनि नेपालको पछिल्लो हेर्ने हो भने कयौं फौजदारीका अपराधीहरु कहिले माफी कहिले के वहानामा जुट्ने गरेकाले यस घटनामा पनि पिडकको पक्षमा बाल्न चलखेल भइरहेको भन्ने हल्ला चल्न थालेको छ भन्दछन् पिडित पक्षहरु ।

पिडितहरुलाई केही आशंका भएकोले दबाब स्वरुप प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाइएको गल्छि गाउँपालिकाका– ८ का वडा अध्यक्ष विशाल लुङ्गेली मगरले बताउनु भयो । शरिरको विभिन्न भागमा धारिलो हतियार तथा छुरा प्रहार गरी बैशाख २८ गते राति विनोद थापामगरको विभत्स हत्या गरेका थिए ।

पिडितका आफन्तहरुले हत्यामा संलग्न भएको आरोपमा प्रहरी अनुसन्धानमा रहेका होटल संचालक पण्डित, उनका छोरा निरज माथि मानव बेचविखन तथा ओसारपसार र देहव्यापारको अभियोगमा पनि मुद्धा दर्ता गराएका छन् । नेपाल मगर संघको अगुवाइमा ध्यानाकर्षण तथा दबाब कार्यक्रम गरिएको हो । हत्यामा संलग्न तीनै जनालाई आजिवन जेल सजायको माग राख्दै प्रदर्शन गरी ज्ञापन पत्र बुझाएका हुन् ।

पिडितका न्यायका निमित्त प्रदर्शन टोलीका प्रतिनिधहरुको ज्ञापन पत्र बुझ्दै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले घटना भए लगत्तैदेखि आफुले नजिकबाट बुझिरहेको बताउदै घटनामा संलग्नहरुलाई नेपालको कानुन अनुसार कडा भन्दा कडा कार्वाही हुने कुरामा ढुक्क हुनोस् भन्दै आस्वासन समेत दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस