आज:  | Thu, 25, Apr, 2024

गैसस महासंघ द्धारा कर,भ्याटका समस्या समाधानका निमित्त प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र

१५ जेष्ठ २०८०, सोमबार ०९:२८ मा प्रकाशित ( ११ महिना अघि) ७१० पाठक संख्या
नारी बाटिका


धादिङ,१५ जेठ ।

गैसस महासंघ गैरसरकारी संघ संस्थामा कर, भ्याटका समस्या बढ्दै गएकोले समस्या समाधानका निमित्त प्रमुख जिल्ला अधिकारी समक्ष ग्यापन पत्र पेश गरिएको छ । आइतवार गैसस महासंघ धादिङ शाखाले राज्यले गैह्र सरकारी संस्था दर्ता प्रक्रिया र संन्चालन ऐन २०३४ को अधिनमा रही सो अन्तर्रगत संन्चालन हुने र मुनाफा रहित कार्य गर्ने संघ संस्थाहरुको कर, भ्याटका समस्या बढ्दै आएपछी समाधानको माग गर्दै जिल्ला प्रशाासन कार्यालय धादिङमा ज्ञायपन पत्र बुझाएको हो ।

राज्यको बिकासको लागी साँझेदारी,पहरेदाी र खबदारी गर्दै नेपालको भौतिक तथा सामाजिक बिकासमा महत्वपुर्ण योगदान गर्दै आइरहेको गैर सरकारी संघ संस्थाको पछिल्लो समयमा कर,भ्याट छुट हुने नियम कानुन् भएता पनि वर्षेनी नविकरण,कर चुक्ता, लगायतका काममा आन्तरिक राजास्व कार्यलय लगायतका निकायहरुबाट ढिला,सुस्ती,झन्झटिलो र नियम विवरित कर,भ्याट लिने जस्ता काम गरिरहेकाले जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत अर्थमन्त्रालयलाई मुनाफा रहित कार्य गर्ने संघ संस्थाहरुको कर, भ्याटको समस्या समाधानको माग गर्दै ध्यानआकर्षण पत्र बुझााएको हो ।

नेपाल सरकारका आन्तरिक राजस्व कार्यालय हरुबाट सामाजिक संस्थाहरुले प्राप्त गरेको सरकारी,स्वदेशी तथा वैदेशिक सहयोग अनुदानमा भ्याट लगाउने र संस्थाहरुको आर्थिक वर्षको अन्तिम मौजदातलाई नाफा भनी आयकर समेत लिने गरि पत्राचार गर्दै नागरिक संघ संगठन माथि घुमाउरो पाराले प्रतिबन्ध लगाउन खोजेको र नेपाली नागरिक संघ संस्थालाई बन्द गर्न खोजेको सरकारको मनोवृती प्रति गैरसरकारी संस्था महासंघ नेपालकोको गम्भीर ध्यानाकर्षण समेत भएको छ ।

तर २०३४ अन्तर्रगत सामाजिक सेवामा कार्य गर्ने मठ,मििन्दर तथा गैससहरु मुनाफारहित कार्य गर्ने सामाजिक संघसंस्थाको अनुदानमा कर नलाग्ने विश्वव्यापी र नेपाल सरकारको मान्यता अनुसार सरकारको नीति नियम भित्र रही सरकारको सहयोगी हातको रुपमा लिनु पर्नेमा उल्टै सरकारले बिना स्वार्थ,बिना पारिश्रमिक समाज र देशको हितमा स्वयंसेवक भएर  विपत्ती परेको समयमा सक्दो सहयोग गर्ने गरेका संघसस्थाहरुलाई सरकारले नकारात्मक दृष्टीकोणले हेरेको आभाष भएको महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीले वताउनु भयो ।

त्यस्तै असहाय तथा पछाडि परेका वर्ग समुदायको उत्थानका लागि कार्य गर्ने सामाजिक संघ संस्थाहरुले प्राप्त गरेको अनुदान रकममा लगाएको कर÷भ्याटको समस्या हल गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।साथै मुनाफा रहित सामाजिक संघ संस्थाहरु भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गरि समस्याको समाधान गनु पर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस