आज:  | Thu, 25, Apr, 2024

जिल्ला प्रहरी कार्यालय धादिङमा लागु औषध तथा साईबर क्राईम सम्बन्धी कार्यक्रम

१५ जेष्ठ २०८०, सोमबार १०:२२ मा प्रकाशित ( ११ महिना अघि) ५३६ पाठक संख्या
नारी बाटिका


धादिङ,१५ जेठ ।

पछिल्लो समयमा सामाजिक संन्जालको दुरुपयोग गरी साईबर क्राईमका घटनाहरु बढ्दै गएपछी जिल्ला प्रहरी कार्यालय धादिङमा लागु औषध तथा साईबर क्राईम सम्बन्धी कार्यक्रम संन्चालन गरिएको छ । जिल्लामा रहेका विभिन्न क्षेत्रमा काम गर्ने सरकोकारवालाहरुको सहभागितामा आइतवार जिल्ला प्रहरी कार्यालय धादिङमा साईबर क्राईम तथा लागु औषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

विषेश गरी युवा वर्ग,बालबालिकाहरु,तथा महिलाहरुमा सामाजिक संन्जालको दुरुपयोग गरी पछिल्लो समयमा नेपालमा अत्याधिक मात्रामा साईबर क्राईमका घटनाहरु बढ्दै गएपछी जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला युवा समिति धादिङको संयुक्त आयोजनामा साईबर क्राईम तथा लागु औषध सम्बन्धी अन्तरक्रिया भएको हो ।

अन्तरक्रिया कार्यक्रममा लागु औषध दुर्वेसनी विरुद्धको सचेतनामुलक तथा सो सम्वन्धि नेपाल प्रहरी धादिङले गरेका कार्यको बारेमा प्रस्तुतीकरण गर्नु हुँदै जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले धादिङमा लागु औषधको मुद्धा दर्ता बढ्दै गएकोे बताउनु भएको छ । मिश्रका अनुसार आर्थिक वर्ष २०७८र०७९ को तुलनामा यो चालु आर्थिक वर्ष २०७९÷०८० मा लागुऔषध तथा साईबर अपराधको मुद्धा दर्ता बढेको हो ।

चालु आर्थिक वर्ष २०७९र०८० मा लागु औषध मुद्धा ३६ वटा दर्ता भएकोमा ३५ वटा मुद्धा फर्छौट भएको र १ वटा मुद्धा फर्छौट गर्ने बाँकी रहेको उहाँले बताउनु भयो ।त्यस्तै यस आ.व.मा २०७९र०८० मा साईबर अपराधमा ६ हजार ७ सय ८८ जनाको मुद्धा परेको र फेसबुक म्यासेन्जर सम्बन्धी साईबर अपराधको निवेदन बढी आउने गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख मिश्रको भनाई रहेको छ ।

साथै यस्ता घटनाहर धादिङ जिल्लामा सबै भन्दा बढि गजुरी गाउपालिकामा लागु औषध व्यापार हुने गरेको जानकारी गराउनु भएको छ । कार्यक्रममा लागुऔषध तथा साईबर अपराधको वर्तमान अवस्था र रोकथाम तथा नियन्त्रणको उपायहरुको विषयमा छलफल गरिएको थियो ।

जिल्ला युवा समिति धादिङको अध्यक्ष सुनिता सिंखडाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रको प्रमुख आतिथ्य रहेको थियो भने प्रहरी निरिक्षक अभय लामाले संन्चालन गर्नु भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, यातायात व्यबसायी, जिल्ला होटल संघका प्रतिनिधी,जिल्ला प्रहरी लैंगिक हिंसा नियन्त्रण संन्जालका प्रतिनिधीहरु,पत्रकारहरु,सामुदायिक सेवा केन्द्र लगायत ट्राफिक प्रहरी र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस