आज:  | Tue, 23, Apr, 2024

बजारमा विषादी मिसिएको आँप छ्यापछ्याप्ती

१६ जेष्ठ २०८०, मंगलवार १७:०८ मा प्रकाशित ( १0 महिना अघि) ५३२ पाठक संख्या
नारी बाटिका


 

धादिङ्ग १६ जेठ मंगलवार ।

यतिवेला मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । तर सरोकारवाला निकायले यसको अनुगमन,निरिक्षण नगर्दा व्यापारीहरुले निधक्क रुपमा विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् ।

व्यपारीहरुले नाफा कमाउन कै लागी समय भन्दा पहिला नै विषादीयmु आँप बजारमा बेच्न थालिएको भएता पनि सम्वन्धित निकाय मौन छ । आँपको ओसारपसार गर्ने व्यपारीहरुले नाफा कमाउनका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको हो । व्यापारीले प्रकृतिक रुपमा आँप पाक्नु भन्दा अगावै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको पाइएको हो ।

विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम छ । भारतिय बजारको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने र बिक्री गर्नको लागी विषादी मिसाउने क्रम बड्दो छ । काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो । आँपमा विषादी प्रयोग गरिँदा छिटो पाके पनि यस्तो आँप खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले खाद्य पदार्थमा अनुमतिबिना विषादी प्रयोग गरी बिक्री वितरण गर्न नपाइने बताउनु हुन्छ । बजेट निर्माणको चटारो भएका कारण बजार क्षेत्रमा नियमित अनुगमन गर्न नसकिएको उहाँको भनाइ छ । “यसको फाइदा उठाएर केही व्यापारीले विषादी प्रयोग गरी आँप बिक्री गर्नेगरेको जानकारीमा आएको छ”, कार्कीले भन्नुभयो । उहाँले काँचो आँपमा विषादी हालेर बिक्री वितरण नगर्न सबैमा आग्रह गर्नु भयो ।

सुनसरीको झुम्कास्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका माटो विज्ञ डिगम्बर यादवले अत्याधिक मुनाफा आर्जनका लागि केही व्यापारीले विषादी प्रयोग गरी आँप बजारमा बिक्रीका लागि ल्याउने गरेको पाइएको बताउनुभयो । यस्तो आँपको स्वाद पनि राम्रो नहुने र स्वास्थ्यलाई फाइदा नपु¥याउने उहाँ बताउनुहुन्छ ।

विराटनगर–२ स्थित मुस्कान फलफुल सेन्टरका सञ्चालक मोहम्मद इसलाम ठूला व्यापारीले नभइ केही साना व्यापारीले बढी मुनाफा कमाउने लोभमा आँपमा विषादी प्रयोगल गर्ने गरेका बताउनुहुन्छ ।

यसबाट ठूला व्यापारीलाई समेत समस्या भएको उहाँको भनाइ छ । कोसी अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज गजेन्द्र यादवले विषादी मिसाएको आँप खानाले झाडापखाला लाग्ने, जीउ चिलाउने, वान्ता हुने जस्ता समस्या देखिने बताउनुभयो । विषादीयुक्त आँप बजारमा बेच्न थालेसँगै झाडापखाला, वान्तालगायतका बिरामी उपचारका लागि दैनिक अस्पताल आउने गरेका बताउनुभयो ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस