आज:  | Fri, 19, Apr, 2024

नेपालको ईतिहाँसमै आजको कालो दिनले नेपाली जनतालाई तर्साउने, नारायणहिटी दरबारभित्र राज परिवारको हत्या भएको २२ वर्ष पूरा

१९ जेष्ठ २०८०, शुक्रबार ०८:०६ मा प्रकाशित ( १0 महिना अघि) ३३४ पाठक संख्या
नारी बाटिका


काठमाडौं ः १९ जेठ सुक्रवार

नेपालको ईतिहाँसमै आजको कालो दिनले नेपाली जनतालाई तर्साउने, मात्र नभइ गुम्रामा राखिएको नारायणहिटी दरबारभित्र राज परिवार खान्दानको हत्या भएको २२ वर्ष पूरा भएको छ । नारायणहिटी दरबारभित्र विरेन्द्र राजा परिवारको वंश नाश भएको दरवार हत्याकाण्डले आजबाट २२ वर्ष पूरा गर्दैछ। २०५८ जेठ १९ गते बेलुकी राजदरबार भित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो ।

शुक्रबार बेलुकी विरेन्द्र राजा पारिवारिक जमघटका क्रममा त्रिभुवन सदनमा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको हो। त्यसैगरी उक्त घटनामा राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, अधिराज कुमारी शान्ति, अधिराज कुमारी शारदा र कुमार खड्ग विक्रम शाह समेत मारिएका थिए ।

उक्त हत्याकाण्ड पछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाका लागि तत्कालीन युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

छानविन समितिले दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरेको र अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। तर युवराज एकलैले परिवारका सबै सदस्यलाई मारेर आफुले आत्महत्या गरेको कुरा आम नेपालीले अहिले सम्म पत्याउन सकेका छैनन्। राज्यकै शक्तिशाली व्यक्ति रहेने ठाउँ जुन क्षेत्रको निकै किलोमिटर वरपर देखी देशका शक्तिशाली सुरक्षा निकाय तैनाथ रहेको हुन्छ । तेस्तो उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको अकल्पनिय हत्याकाण्ड अहिले सम्म पनि निकै गम्भिर रहस्यमय कै विषय गर्भमा राखिएको छ।

मिलनसार जनताको भलो चाहने,उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र पनि धेरै समय टिक्न सकेन। उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन्। २०६२ र ६३ को जनआन्दोलनले पुनः स्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोसी दियो र २०६५ सालमा नेपालमा गणतन्त्र स्थापना भए सँगै राजतन्त्रको समाप्त भएको हो ।

नागरिक बाट आलोचित हुन पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी छाडेर नागार्जुन पुगे पछि राजपरिवारको कार्यालय र निजी निवासको रूपमा रहेको नारायणहिटी राज दरवारलाई सरकारले जिम्मा लिएको थियो । २०६५ फागुन १५ देखि सरकारले नारायणहिटी संग्रहालयको तयार गरी सर्व साधारणको लागि खुला गरेको थियो ।

दरवार हत्याकाण्ड भएको त्रिभुवन सदनको बिलियार्ड बैठक हल लगायत अधिकांश संरचनाहरु पुर्ननिर्माण भएर सर्वसाधारणको लागि खुला गरिएको हो। नेपाली नागरिकले भने अहिले सम्म पनि राजदरवार हत्याकाण्डको तथ्य सत्य जनताले थाह पाउनु पर्छ तर यस विषयमा नेपालको मानवधिकार आयोग,लगायत,किन जुन सरकार देशमा फेरिए पनि कुनै कुरा वाहिर निकाल्न चाहँदैनन् ? भन्ने विषयले स्थान पाइरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस