आज:  | Fri, 19, Apr, 2024

वैदेशिक रोजगारीमा आक्रर्षक जागिर देखाउँदै ठगी गर्ने गिरोह सक्रिय,प्रलोभनमा नपर्न वैदेशिक रोजगार विभागको आग्रह

१९ जेष्ठ २०८०, शुक्रबार १९:५९ मा प्रकाशित ( १0 महिना अघि) ३०८ पाठक संख्या
नारी बाटिका


काठमाडौं  १९ जेठ सुक्रवार ।

आक्रर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेकोले वैदेशिक रोजगार विभागले त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । दक्षिण अफ्रिकामा भन्दै विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधा सहितको पदमा काम लगाइ दिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको हो ।

विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, “भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारी जन्य काममा संलग्न हुन पाइँदैन भने विषयमा सवैमा सजग गराएको हो ।”

देश तथा विदेशमा बसी मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले एक सय ५० भन्दा बढी व्यक्तिबाट लाखौँ रुपैयाँ सङ्कलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरिरहेकाले त्यो गिरोहले पर्यटक भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको तथा पर्यटक भिसामा गएर कुनै पनि किसिमको रोजगारमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले राससलाई जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँका अनुसार दक्षिण अफ्रिकाले दक्ष जनशक्तिका लागि बाहिरी देशबाट श्रमिक ल्याउँदैन । दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्ट २०२२ मा प्रकाशित सूचना अनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्रै विदेशी नागरिकलाई रोजगारीमा लैजाने कानुनी व्यवस्था गरेको छ । त्यहाँको कानुनी व्यबस्था अनुसार विभिन्न पदका लागि जाँदा पनि नेपाल सरकारको प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र जानु पर्ने हुन्छ ।

वैदेशिक रोजगारीका लागी कुनै पनि देश जान सम्बन्धित देशको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि विभागद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । भिसा सम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा त्यस देश हेर्ने राजदुतावास रहेको नेपाली नियोगमा सम्पर्क गरी आधिकारिक जानकारी लिन सकिने निर्देशक तथा सूचना अधिकारी सुवेदीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस