आज:  | Tue, 23, Apr, 2024

निलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा महिला नेतृत्व र शसक्तिकरण पाँचदिने तालिम धादिङ बेशीमामा

१९ जेष्ठ २०८०, शुक्रबार २०:३५ मा प्रकाशित ( १0 महिना अघि) ८५१ पाठक संख्या
नारी बाटिका


धादिङ, १९ जेठ सुक्रवार ।

महिलाको सामाजिक सवाललाई उत्थान गर्ने उदेस्यले हिमाल महिला समाजको आयोजनामा धादिङ बेशीमामा सन्चालन भएको पाँच दिने महिला सशक्तिकरण र नेतृत्व विकास तालिम आज सम्पन्न भएको छ। हिमाल महिला उत्थान समाज धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा सोमबार देखि सुरु भएको नेतृत्व बिकास तालिम आज एक कार्यक्रमको साथ सम्पन्न गरीएको हो ।

तालिममा महिलाका सामाजिक,आर्थिक,लैंगिक र राज्यको हरेक तहमा ३३ प्रतिशत सहभागिताको आधार बनाउन महिलाहरुलाई स्वतःस्फुर्त रुपमा आफु अगाडी बड्नकोलागी क्षमता मुलक विषयमा सहजीकरण गरिएको थियो । त्यस्तै संवैधानिक अधिकार,,महिलाको क्षेत्रमा के कस्ता कानुन छ, महिला नेतृत्व भनेको के हो, नेतृत्वमा जानको लागी कस्तो कार्य शौलि हुनु पर्ने जस्ता विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

पछाडी परेका महिलाहरुकोे क्षमता बृद्धि गर्ने र आगामी दिनमा महिलाहरुलाई आयआर्जन कार्यमा अगाडि बढाउने उद्श्यले तालिमको आयोजना गरिएकोे हिमाल महिला उत्थान समाजको कार्यकारी निर्देशक कविता इटनीले बताउनु भयो। राजनीति सँग मात्र नेतृत्व नजोडिने र समाजको धेरै क्षेत्रबाट महिलाहरुले नेतृत्व लिनु पर्ने बताइएको थियो ।तालिममा नीलकण्ठ नगरपालिकाको १४वटै वडाका ७० जना महिलाहरुको सहभागिता रहेको थियो ।

पाँचदिन सम्म संन्चालन भएको शसक्तिकरण र नेतृत्व बिकास तालिमको आज समापन समारोहमा हिमाल महिला उत्थान समाजकी अध्यक्ष शुसिला पाठकको अध्यक्षयतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख अतिथ्य रहेको थियो। धादिङमा स्थापना भएको हिमाल महिला उत्थान समाजले महिलाको सिप विकास र क्षमता बुद्धि गर्ने क्षेत्रमा काम गर्दै आएको समाजका अध्यक्ष पाठकले जानकारी गराउनु भएको छ।

यस्तै तालिमको समापन समारोहमा प्रमुख अतिथी,विषेश अतिथीहरु, तालिममा सहजीकरण गरी सहयोग गर्नु हुने सहजकर्ताहरु स्वास्थ्यकर्मी बिव राना,दिनेश डुवाडी,भगवती उप्रेती,दिपक कोइराला,कविता इटनी,रामकुमार थापा,कोपिला श्रेष्ठ लगायतका प्रशिक्षकहरुलाई मायाँको चिनो वितरण गरिएको थियो ।

पाँचदिन सम्म संन्चालन भएको उक्त तालिममा महिला नेतृत्व बिकास,मानसिक स्वास्थ्य परामर्श,वैदेशिक रोजगारीमा जाँदा जान्नुपर्ने विषयहरु,महिलालाई सहकारी बाट हुने अवशर र चुनौती,प्रजनन् स्वास्थ्य उद्योम बिकास आदीका विषयमा सहभागीलाई प्रशिक्षण गराइएको थियो ।

नारी वाटिका डट्कम समचारका लागी
संवाददाता भगवती उप्रेती

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस