आज: २०८३ बैशाख २४, बिहिबार | Thu, 07, May, 2026

सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत बिद्यार्थीसंग प्रहरी कार्यक्रम सन्चालन

२०८० जेष्ठ २०, शनिबार मा प्रकाशित ( २ साल अघि) ११५९२ पटक पढिएको
नारी बाटिका


धादिङ, २० जेठ

सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत बिद्यार्थीसंग जिल्ला प्रहरी कार्यालय धादिङले सचेतनामुलक कार्यक्रम सन्चालन गर्न सुरु गरिएको छ । पछिल्लो चरणमा बालबालिकालाई बालबालिकाको सुरक्षा गर्न,लैंगिक हिंसामा नपर्न,अपहरण,मानब बेचविखन र जोखिमबाट बच्न,आदीको विषयमा विद्यार्थीसँग प्रहरी कार्यक्रम संचालन गरेको हो । शुक्रबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले चिल्ड्रेनपार्क माध्यमिक वद्यालयका विद्यार्थीहरुलाई विद्यार्थीसँग प्रहरी” कार्यक्रम संचालन गरेको हो ।

त्यसैगरी विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयमा रहेको नागरीक सहायता कक्ष, दर्ता–चलानी, कन्ट्रोल रुम, हिरासत कक्ष, महिला,बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र लगायतका विभिन्न शाखाहरु भ्रमण गराई प्रहरीबाट प्रवाह गर्ने सेवाहरु बारे जानकारी गराईएको थियो । साथै विद्यार्थीहरुको विभिन्न जिज्ञासाहरुलाई प्रहरी कार्यालयका प्रमुख प्रहरीउपरिक्षक गौतम मिश्रले सम्बोधन गर्नु भएको थियो ।

विद्यार्थीसँग प्रहरी”कार्यक्रम कार्यक्रममा चिल्ड्रेनपार्क माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यनरत विद्यार्थी तथा शिक्षक समेत गरी ५० जनाको सहभागि गराई अभिमुखीकरण गराइएको जिल्ला प्रहरी कार्यलयका प्रमुख गौतम मिश्रले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस