आज:  | Thu, 28, Mar, 2024

गोठमा भएको आफ्नो २१ वटा चौंरी गाई बेचेर अमेरिका जाने सपना देखी दलाललाई लाखौं बुझाऐका दोर्जी

२० जेष्ठ २०८०, शनिबार १०:५३ मा प्रकाशित ( ९ महिना अघि) ३७३ पाठक संख्या
नारी बाटिका


                                                                तस्वीर ः सामाजिक संन्जाल

 

काठमाडौँ —२० जेठ  शनिवार ।

गोठमा भएको आफ्नो २१ वटा चौंरी गाई बेचेर अमेरिका जाने सपना देखी दलाललाई पहिलो पेश्कीको रुपमा ६लाख बुझाऐका दोर्जी रकम बुझाएको केही समयपछी विभिन्न पत्रपत्रिकामा नक्कली भुटानी शरणार्थी बनायर अमेरिका लैजाने दलाली गिरोहको बारेमा समचार आउन थालेपछी छाँगाबाट खसेजस्तै भएका थिए । उनी लगाण्त सयौं नेपाली रु भुटानी शरणार्थी बनेर अमेरिका पुगिछाड्ने सपना देख्नु अघि दोर्जी शेर्पा दोलखा जिल्लाको जिरी माथिको लेकमा चौंरी पालन गर्थे ।

लेकाली आफ्नै गाउँघरको रनवन र भिरपाखामा रमाइरहेका उनले एकाएक ‘केही पैसा दलाललाई बुझाउन सके सजिलै अमेरिका पुगिने’ हल्ला सुनेपछी उनीलाइ पनि अमेरिका जसरी पनि गइ छाड्ने मोह बड्दै गएको थियो  । त्यही हल्लाकै भरमा सुरुमा उनले आफुले व्यवशायिक रुपमा पालन गरेका १९ वटा चौंरी गाई बेचेका थिए ।

उनका ‘गोठमा अलिक बूढो उमेर भैइसकेका उरान जातका चौंरी गाईहरु थिए । १९ वटा चौंरी बेचेर पैसा जम्मा गर्न सक्ने किन्ने मान्छे भेला गरी गरिहालें, गोटाको ४५ हजारका दरले,’बेचेको दोर्जीले बताउँछन् । ‘त्यसपछि गएको वर्ष जेठ महिनामा नाताले आफन्त पर्ने र शरणार्थी बनाएर अमेरिका पठाइदिने रामेछापका एजेन्ट बनेका दलाल नेता समेत रहेका आङ्टावा शेर्पालाई भेट्न हत्पत् काठमाडौं आएका थिए ।’

दोर्जी र उनका ८ जना आफन्त सँग आङ्टावाले चाबहिलको केएल टावर नजिकैको आफ्ना छोराले संन्चालन गरेका कफी सपमा भेटाएका थिए । उनी भन्थे, ‘यो गृह मन्त्रालयले ल्याएको वैदेशिक रोजगारीको राम्रो अवसर हो, तुरुन्तै अमेरिका जाने अवसर मिल्छ । टोटल प्याकेजमा भने ४० लाख रुपैयाँ लाग्छ, तर अहिलेलाई पेश्कीको रुपमा ६ लाख रुपैयाँ चैं दिइ हाल्नू ।’

लगत्तै आङ्टावाले ‘भुटानी शरणार्थीमा नाम दर्ता गरिपाऊँ’ उल्लिखित फाराम झिकेर भर्न लगाइ हाले । ‘हामीलाई पनि सजिलै अमेरिका जान पाउने मौका आएछ भनेर मख्ख हुंदै शरणार्थी फाराम भरि हाल्यौं, खुरुखुरु चेक काटी पैसा पनि दियौं,’ ‘त्यसपछि दोर्जीबाट म मिङ्मा शेर्पा बनें ।’ फाराममा उनको ठेगाना भुटानको चिराङ राखिएको रहेछ ।

गृह मन्त्रालयले बनाएको एक प्रतिवेदनमा ८७५ नक्कली शरणार्थीको अनुसूची दफा थपेर झापा, मोरङ, कास्की, सल्यान, म्याग्दी, दाङ, रुकुम जिलला सम्म पैसा उठाउने काम भइरहेका बेला यता आङ्टावाले भने त्यो भन्दा दरिलो अर्को सूत्र पहिल्याएका थिए । त्यो थियो– झापा र मोरङका शरणार्थी शिविरमा रहेका छुट दर्ताका आधिकारिक ४२९ व्यक्ति भित्रै दोर्जी र उनका साथीहरूलाई समेट्ने  कुरा ।

‘तिमारु ८७५ होइन, ४२९ भित्र पर्नेछौ,’ आङ्टावाले भनेका थिए, ‘अबको चान्समा अमेरिका जाने भनेकै तिमारु हौ ।’उनकै योजनामा दोर्जी र उनका साथीहरूलाई ललितपुरको हिमालय होटलमा लगेर फोटो खिचियो । ‘अब शरणार्थी परिचयपत्र आउँछ, त्यो लिने भए २४ लाख रुपैयाँ बुझाउनु । अनि ट्राभल डकुमेन्ट र मेडिकल रिर्पोटको लागि १० लाख रुपैयाँ तिर्नुप र्छ । त्यसपछि तिमिहरु विना झन्झट् सिधै अमेरिका,’ फेरि आङ्टावाले आश्वस्त पार्न पैसाकै माग राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस