आज:  | Tue, 16, Apr, 2024

असहाय तथा विपन्न वर्गर्का दश प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

२२ जेष्ठ २०८०, सोमबार ०७:०९ मा प्रकाशित ( १0 महिना अघि) ६५७ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं २२ जेठ शोमवार ।

स्वास्थ्य मन्त्रि मोहन वहादुर बस्नेतले असहाय तथा विपन्न वर्गर्का दश प्रतिशत नागरिकहरुलाइ निःशुल्क उपचार गर्न निर्देशन दिनु भएको छ । विगत लामो समयदेखी देशका विपन्न तथा असहाय नागरिकहरु बिरामी भई अस्पतालमा उपचार गर्न भर्ना हुदा आर्थिक अबस्था कमजोरीका कारण अस्पतालको उपचार बिलको सुल्क तिर्न नसकी कसैले अस्पतालको ३ तला माथीबाट त कसैले विभिन्न तरिका गरी आत्महत्या गर्ने गरेका धेरै घटनाहर बाहिर आएपछी स्वास्थ्य मन्त्रालयले यस्तो निती बनाएको हो ।

पछिल्लो ठगवन्धन सरकारका स्वास्थ्य मन्त्रि मोहन बहादुर बस्नेतको निर्देशनमा केही दिन अगाडी मन्त्रालयबाट एक सुचना जारी गद विपन्न,असहाय र बेवारिसे दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिनु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिइ सवै अस्पतालहरुमा पत्राचार गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव एकदेव खनालले सात सय ५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई हिजो छुट्टाछुट्टै पत्रचार गरी कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि शय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिनु भएको हो ।

यसअघि मन्त्रालयले दुई पटकसम्म अस्पताललाई निःशुल्क उपचार गर्न गराउन निर्देशन दिइसकेको थियो । स्थानीय तहलाई निःशुल्क उपचारको व्यवस्थामा समन्वय गरिदिन हुन निर्देशन पनि दिइएको छ । पत्रमा ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय, बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट गर्ने गराउने र सो सिफारिसका आधारमा गरिब पहिचान परिचय पत्र समेतलाई आधार मानी कूल शय्याको १० प्रतिशत बिरामीको निःशुल्क उपचार अनिवार्य गर्न गराउन अनुरोध गरिएको छ ।

मन्त्रालयबाट जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ को दफा ७० ९घ० मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छु्ट्याइ निःशुल्क उपचार अनिवार्य रुपमा गराउनुपर्ने छ भनि उल्लेख गरिएको छ ।

यसैगरी मन्त्रालयले तोकिएको अस्पतालबाट उल्लेखित ब्यवस्था अनुसार कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराए÷नगराएको विषयमा निगरानी राख्नका लागी नियमित रुपमा अनुगमन।निरिक्षण पनि हुने जनाएको छ ।

नारी वाडिका डट्कम संवाददाता

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस