आज:  | Fri, 26, Apr, 2024

आज जेठ २२ गते विश्व वातावरण दिवस मनाउदै, तर नेपालको राजधानी काठमाण्डौ शहर भने पहिलो प्रदुिषत शहरको रुपमा परिचित

२२ जेष्ठ २०८०, सोमबार ०८:१३ मा प्रकाशित ( १0 महिना अघि) ६४५ पाठक संख्या
नारी बाटिका


काठमाडौं ः २२ जेठ शोमवार ।

आज जेठ २२ गते विश्व वातावरण दिवस मनाउद, तर नेपालको राजधानी काठमाण्डौ शहर भने पहिलो प्रदुिषत शहरको रुपमा परिचित भैइरहेको छ । प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ’ नाराका साथ आज सोमबार यो दिवस मनाइँदै छ। हरेक वर्ष आजको दिनलाई विश्व वातावरण दिवसका रुपमा मनाउदै आइरहेको छ ।

कुनै पनि मानिस मानसिक र शारिरिक रुपमा स्वस्थ हुनुपर्छ । स्वस्थ हुनको लागी आफ्नो व्यक्तिगत सरसफाई,घर वरपरको सरसफाई सार्वजनिक स्थानको सरसफाई ,स्वस्थ खानामान लगायत आदीमा ध्यान दिनु पर्दछ ।

केही समय अघी विश्व स्वास्थ्य संगठनले तयार पारेका ेवातावरणिय प्रदुशण सम्वन्धि प्रतिवेदन अनुसार नेपालको राजधानी काठमाण्डौ शहरमा पहिलो प्रदुिषत शहरको रुपमा देखिएको छ ।

वातावरणिय प्रदुशण जोगाउन सरकारले नै आवाश्यक निती,कानुन् बनाई कार्यन्वयन तहमा लानु पर्ने हुन्छ । तर आज विश्व वातावरण दिवस मनाई रहदा नेपालको वातावरणिय प्रदुषणको अबस्था के कस्तो छ ? भन्ने विषयमा स्थानिय देखी केन्द्रि सम्मको सरकारले गम्भिर भएर आत्मआलोचना गर्नु पर्ने समय आएको छ ।

वातावरण संरक्षण गर्न विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ जुन ५ देखि १६ सम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो। सम्मेलन सम्पन्न भएको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि आजको जुन ५ का तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो।​

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस