आज:  | Sat, 27, Apr, 2024

प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष सांसदहरुबाट प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड) प्रति रोइलो ः ओलीको व्यंग्य सभामुख घिमिरे माथि

२२ जेष्ठ २०८०, सोमबार २०:१३ मा प्रकाशित ( १0 महिना अघि) ४९४ पाठक संख्या
नारी बाटिका


काठमाडौं २२ जेठ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष सांसदहरुबाट प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड) प्रति रोइलो ः गरेका छन् । त्यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यंग्य सभामुख घिमिरे माथि गर्नु भएको थियो । सम्बोधन गर्दै,प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले राँगा शब्दलाई रेकर्डबाट हटाउन दिएको निर्देशन प्रति व्यंग्य गर्नु भएको थियो । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सांसद शिशिर खनालले प्रयोग गरेको ‘राँगा’ शब्दलाई संसदको रेकर्डबाट हटाउन निर्देशन दिनु भएको थियो ।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले सभामुख घिमिरेको उक्त निर्देशन प्रति आक्रोस हुंदै व्यंग्य गर्नु भएको हो । ‘फेरि यहाँ राँगा चढेको कुरा वोमिट हुने होला। म किशोर हुँदा सभामुख महोदय राँगाका पिठ्युँमा बसेर भैँसी चराएँथें। म चढेको हो। पूर्वराष्ट्रपति रामवरण यादवजी र मबीच एकपटक कुरा चल्दा मैले उहाँलाइृ भनेँ– मत राँगाका पिठ्युँमा चढेर राँगा चराएको हो भने । उहाँले म त तराईंको मान्छे झन् बढी राँगा भैसीामा चँढेंको भन्नु भयो। रेकर्डमा राख्नु नराख्नु सभामुख महोदय यहाँको कुरा हो,’ उहाँले व्यंग्यष्त्मक शैलीमा सभामुखतर्फ संकेत गर्दै भन्नु भएको थियो ।

यस्तै ओलीले तराईंका क्षेत्रमा अझै पनि राँगा भैँसी माथि चढेर चराउने गरेको उदाहरण दिँदै पशुपतिनाथ पनि साँढे माथि चढेको बताउनु भयो। हाम्रो तराईतिर अहिले पनि राँगातिर चढ्छन् चराउँछन् मान्छेहरूले। श्रीपशुपति नाथ त साँढेको पिठ्युँमा चढ्नु भएको छ। साँढे बहान थियो। भन्न हुन्छ कि हुँदैन सदनमा। विवाद यी कुराहरूमा होइन। राँगाका पिठ्युँमा चढे कि भैंसकिा पिठ्युँमा चढेर आए कि। राँगा नाम गरेको जेट हो कि। हुन्छ नि। तर्फ संकेत गर्दै भन्नु भएको थियो ।

हाम्रो देशमा मकालु, यति नाम गरेको जेट छन्। यती चढेर आएँ भन्दा के हुने हो त ? यो कुरा विवादको विषय होइन। विवादको विषय सम्माननीय प्रधानमन्त्रीज्यू यहाँले भारत भ्रमणमा फितलो प्रदर्शन गर्नु भयो। नेपालको शिर झुकाएर आउनु भयो । देशको उच्च पारेर प्रधानमन्त्रीज्यू प्रस्तुत हुन सक्नु भएन,’ उहाँले भन्नु भयो ।

यसअघि प्रधानमन्त्री प्रचण्ड भारतबाट ‘भैँसी चढेर आएको’ भन्ने शब्दले संसद् बैठकमा हंगामा भएको थियो। त्यसअघि प्रधानमन्त्री प्रचण्डले आफूलाई राँगो चढाएको कुरा पनि बताएउनु भएको थियो । त्यसपछि सभामुख घिमिरेले जसले बोलेको भए पनि भैँसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हट्ने भने पछि बैठक अघि बढेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस