आज:  | Sun, 12, May, 2024

धादिङका विभिन्न स्थानको सरसफाइका साथविश्व वातावरण दिवस मनाइयो

२३ जेष्ठ २०८०, मंगलवार ०७:२२ मा प्रकाशित ( ११ महिना अघि) ४२३ पाठक संख्या
नारी बाटिका


धादिङ जेठ २३ मंगलवार ।

हरेक वर्ष जुन ५ तारिकका दिन विश्व व्यापी रुपमा मनाउने गरिएको विश्व वातावरण दिवसको अवसरमा धादिङमा पनि विभिन्न सार्वजनिक स्थानको सरसफाई गरी मनाइएको छ । विषेश गरी धादिङमा धादिङ सोसिएल भोलेन्टियरको सक्रिएतामा जिल्ला प्रहरी कार्यालय धादिङ, डिभिजन बन कार्यालय धादिङ नीलकण्ठ नगरपलिका र विभिन्न सरकारी तथा गैर सरकारी सघं संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

नीलकण्ठ–१२ स्थित पशुपतिनाथ मन्दिर परिसर तथाथोपल खोला क्षेत्र वरपर लगायत पुच्छार बजारको आसपासमा सरसफाई कार्यक्रम गरी वातावण दिवस मनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी बद्री नाथ गैह्रेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको सरसफाई कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी निलकण्ठ नगरपालिका आपासका विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीहरु, यातायत क्षेत्रका प्रतिनिधीहरु, सामुदायिक सेवा केन्द्र,नेपाली सेना, सशस्त्र प्रहरी बल धादिङ, प्रहरी कर्मचारीहरु समेत गरी १८५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको धादिङ सोसियल भोलेन्टियरका संयोजक भेषराज ठकुरीले जानकारी दिनु भयो ।

यस्तै विगतमा पनि विभिन्न दिवसिय अवशरमा धादिङ स्थित नेपाली सेना,नेपाल प्रहरी,ससस्त्र प्रहरीवल धादिङ,सोसियल भोलेन्टियरको सक्रियतामा सार्वजनिक स्थानको सरसफाइको कार्य गरिदै आईरहेको छ ।

 

संवाददाता भगवती उप्रेती

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस