आज:  | Sat, 27, Apr, 2024

आजदेखि नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादीतर्फबाट कानुन व्यवसायीले थुनछेक बहस गर्ने

२४ जेष्ठ २०८०, बुधबार ०९:०२ मा प्रकाशित ( १0 महिना अघि) ६२० पाठक संख्या
नारी बाटिका


काठमाडौं २४ जेठ वुधवार ।

नेपाल मात्रै नभइ देश दिदेश नै राज्यका उच्च ओहदामा बसेका हाइ प्रोफाई भएका राजनिनिक दलका ठुला नेता र सरकारी तहमा रहेका व्यक्तिहरुबाट गरिएको नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा आजदेखि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।

जेठ २३ गते मंगलवार सरकारी वकिलका तर्फको बहस सकिए सँगै आजदेखि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरुले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनु भएको हो ।

यस थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहनेछ भने थुनछेक बहस सकिएपछी पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्ने विषयमा निर्णय लिइने छ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा प्रतिवादीलाई थुना मुक्त गरे प्रमाण नष्ट हुन सक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने सरकारी वकिलको तर्क सहित पेश गरेका छन्।

साथै नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको पूर्व उपप्रधानमन्त्री एवं् नेकपा एमालेका पार्टी सचिव टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता एवं् पूर्व गृहमन्त्री बालकृष्ण खाँण सहित १८ जनाको थुनछेक हुने भएको हो।

जिल्ला सरकारी वकिलकोआरोपमा पक्राउ परेका कार्यालय काठमाडौँले पक्राउ परेका १८ जना अरु आरोपित सहित ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी मुद्धा तथा राज्य विरुद्धको आरोप समेत गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग
दाबी सहित जिल्ला अदालत काठमाडौँमा जेठ १० गते मुद्दा दायर गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस