आज:  | Sun, 05, May, 2024

६ दिने पहिलो चरणको समुह ब्यवस्थापन तालिम आज घरेलु तथा लैंगिक हिंसा,लागु औषध र तरकारी खेतीका विषयमा

२४ जेष्ठ २०८०, बुधबार २०:४८ मा प्रकाशित ( ११ महिना अघि) ६९४ पाठक संख्या
नारी बाटिका


धादिङ २४ जेठ वुधवार ।

नारी जागरण केन्द्र धादिङको आयोजना तथा निलकण्ठ नगरपालिकाको सहकार्यमा संन्चालित ३ चरणमा सम्पन्न हुने समुह ब्यवस्थापन तालिमको दोस्रो दिन आज घरेलु तथा लैंगिक हिंसा,लागु औषध र करेसा वारी तरकारी खेखीमा केन्द्र्रित रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्य तथा नारी बाटिका डट्कम, नारी बिकास महिला सहकारी संस्था र नीलकण्ठ नगरपालिकाको संयुक्त सहयोगमा धादिङ जिल्ला निलकण्ठ ३ स्थितमा रहेको नारी जागरण केन्द्र धादिङको सभा हलामा पहिलो चरयाको २ दिनसम्म संन्चालित तालिम आज सम्पन्न भएको हो ।

महिला हक, अधिकार र आत्म सम्मान, लैङगिक हिंसा विरुद्ध हाम्रो अभियान, भन्ने मुल नारका साथ २५ औं वषृदेखी धादिङमा कार्यथलो बनायर महिला तथा बालबालिका हरुमा काम गर्दै आइरहेको छ ।

साथै यस आ.व.को वार्षिक योजना अनुसार महिला समुह व्यवस्थापन तथा सहकारी प्रवर्द्धन तालिम अन्तर्गत नारी जागरण केन्द्रमा कार्यरत कर्मचारीहरु, नारी बाटिका डट्कमका प्रतिनिधिहरु, नारी विकास महिला सहकारी संस्थाका प्रतिनीधिहरु र महिला समुहहरु समेत गरी अं। ६० जनाको सहभागितामा तालिम सम्पन्न गरिएको छ ।

यस्तै आज तालिमको दोस्रो दिन अर्थात पहिलो चरणको यस दुई दिने तालिममा जिल्ला कार्यालयका प्रहरी निरीक्षक अभय लामा बाट घरेलु हिंसा, लैङ्गिक हिंसा तथा लागु औषध सम्बन्धमा प्रशिक्षण गरीएको थियो । करेसावारी तरकारी खेती,उन्नत जातको तरकारीको विउविजन,अर्गानिक मल बनाउने तरिकाको बारेमा सफल तरकारी कृर्षक विष्णु प्रशाद पोख्रेलले गर्नु भएको थियो ।

तालिमका संयोजक,एवं् प्रशिक्षक भगवती उपे्रतीले मलिाको हक,अधिकार,जिम्मेवारी पारिवारिक ुमिकाको बारेमा सहजीकरण गर्नु भएको थियो भोली जेठ २५र २६ मा अर्को नयाँ समुहह र समुदायका महिलालाई सहभागी गराई दास्रो चरणको तालिम सूरु हुने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस