आज:  | Sun, 19, May, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणका पूर्वगृहमन्त्री खाँणको दोस्रो दिनको बहस सुरू

३१ जेष्ठ २०८०, बुधबार १४:१२ मा प्रकाशित ( ११ महिना अघि) ४३७ पाठक संख्या
नारी बाटिका


काठमाडौं, ३१ जेठ ।

देशकै ठुलो चर्चाको विषय बनेको नेपाmका ठुला र पहुँचवाला व्यक्तिहरुको काण्ड नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रतिवादीहरुको तर्फबाट काठमाडौं जिल्ला अदालतमा प्रतिरक्षा गर्न बहस जारी रहेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको एकल इजलासमा १० दिनदेखि जारी रहेको बहसमा आज पनि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट प्रति रक्ष बहस भइरहेको छ ।

पर्व गृहमन्त्रि खाँणको तर्फबाट हिजो देखी सुरु भएको वहस नसकिए पछि आज पनि निरन्तर बहस भइरहेको हो । आज खाँणको तर्फबाट पूर्व महान्यायाधिवक्ता द्धय रमण श्रेष्ठ र खम्ब बहादुर खाती तथा अन्य अधिवक्ताहरुले बहस गरिरहेका छन् ।

जेठ ३० मंगलबार खाणका तर्फबाट कानुन व्यवसायीहरू शेरबहादुर केसी, हरिहर दाहाल,महादेव यादव,प्रेमबहादुर खड्का,पंकज कर्ण,लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल,अजय झा,नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका हुन् ।

साथै यस प्रकरणका प्रहरीको हिरासतमा रहेका १८ जना आरोपित प्रतिवादीहरुको तर्फबाट हुने प्रतिरक्षा बहस अन्तिम चरणमा पुगेको छ ।

जेठ ३० मंगलवार सम्म प्रतिवादीहरुको तर्फबाट बहस सकेर आज फैसला सुनाउने न्यायाधीश प्रेमप्रसाद न्यौपानेको तयारी थियो तर बहस केही लम्बिन पुगेपछि आज फैसला हुने सम्भावना न्यून रहेको बुझिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस