आज:  | Mon, 06, May, 2024

नेपालमा गत वुधवार देखी भित्रिएको मनसुन देशभर क्रमिक रुपमा फैलँदै

१ असार २०८०, शुक्रबार १६:३६ मा प्रकाशित ( १0 महिना अघि) ३६१ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ १ असार सुक्रवार ।

केही दिनदेखी देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गत जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ । देशको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आगमन भएको हुंदा महाशाखाले मनसुन आगमन सम्बन्धी विशेष बुलेटिन निकाली जानकारी दिएको छ।

हाल नेपालमा मनसुन क्रमिक रुपमा फैलिरहेको र देशभर विस्तार हुन अझै एक साता लाग्ने महाशाखामा मौसमविद् रोजन लामिछानेले जानकारी दिनु भयो । “मनसुन सुस्त गतिमा छ, । पश्चिमतिर फैलिन केही दिन लाग्छ,। मनसुन प्रणाली केही मात्रामा कमजोर रहे पनि वर्षा भने निरन्तर हनुेछ”, उहाँले भन्नु भएको छ ।

यतिवेला मनसुन सुस्त गतिमा रहेकाले देशको पश्चिम क्षेत्रमा फैलिन केही दिन लाग्ने महाशाखाले जनाएको छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रने गर्दछ । यसपाली भने एकदिन ढिला गरी मनसुन प्रवेश गरेको हो । पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपाल भर फैलिन केही दिन लाग्छ । यो वर्ष सरदर भन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा थोरै स्थानमा र कोशी प्रदेशका तराईका भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस