आज:  | Sat, 27, Apr, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणका पूर्व गृहमन्त्री बालकृष्ण खाँण र पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी सहित १६ जना आज जेल चलान

१ असार २०८०, शुक्रबार २०:१७ मा प्रकाशित ( १0 महिना अघि) ६५९ पाठक संख्या
नारी बाटिका


काठमाडौं ः ०१ असार सुक्रवार ।

नक्कली भुटानी शरणार्थी प्रकरणका पूर्व गृहमन्त्री बालकृष्ण खाँण र पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी सहित १६ जना पुर्पक्षका लागि आज जेल चलान भएका छन् । खाँड र टोप वहादुर रायमाझी सहित १६ जनालाई थुनामा पठाउन सुक्रवार काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु मध्ये १६ जनालाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यलय काठमाण्डौका सरकारी वकिलको जवाफी बहस शुक्रबार सकिएपछि काठमाण्डौं जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी सहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

अदालतले टंक गुरुङलाई भने १० लाख रुपैयाँ र लक्ष्मी महर्जनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। पक्राउ परेका १८ जना प्रतिवादी पक्षका कानुन व्यवसायीले गरेको बहस बिहीबार सकिएको थियो। यसपछि शुक्रबार सरकारी वकिलले जवाफी बहस गर्नु भएको थियो।

आजै शुक्रबार आदेश आउने भएपछि जिल्ला अदालत काठमाडौं वरपर,लगायत आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था समेत कडा बनाइएको थियो ।यस पक्ररणका संगठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबी सहित जिल्ला अदालत काठमाडौंमा गत जेठ १० गते ३० जना विरुद्ध मुद्दा दायर गरिएको थियो।

जेल चलान भएकाहरु नेपालका ठुला राजनितिक दल र राज्यका सरकारी समेन्त्रका ठुला माछाहरुले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइ दिने भन्दै ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप सहित १८ जना पक्राउ परेका हुन् ।

आरोपी मध्ये १८ जना पक्राउ परेका भए पनि यो प्रकरणमा संलग्न अन्य १२ जना भने स्वदेश वा विदेशमा लुकीछिपी बसीरहेका भएपनि प्रहरीद्धारा अझै सम्म पनि पक्राउ गर्न सकिएको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस