आज:  | Tue, 14, May, 2024

मुटुमा समस्या भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका राष्ट्रपति पौडेलको पेसमेकर राखियो

६ असार २०८०, बुधबार ०७:४६ मा प्रकाशित ( १0 महिना अघि) ६९३ पाठक संख्या
नारी बाटिका


६ असार, काठमाडौं ।

मुटुमा  समस्या  भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखिएको छ । महाराजगञ्ज स्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।

उहाँलाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बेलामा कम हुने देखिएपछि प्रेसमेकर राखिएको सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.रत्नमणि गजुरेलले मंगलबार दिउँसो एक विज्ञप्ति जारी गरी जानकारी दिनु भएको छ ।

राष्ट्रपति पौडेललाई गत शनिबार बिहान चक्कर लागेपछि अस्पताल पुर्‍याइएको थियो । उहाँको मुटुमा समस्या देखिएपछी मंगलबार दिउँसो मुटुको शल्यक्रिया भएको हो । मुटुमा असामान्य देखिएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुग्नु भएको थियो । उहाँको मुटुको दाहिने तर्फ एउटा नशा ७० प्रतिशत बन्द भएपछि एन्जिओप्लास्टी गरेर मुटुको नशा खुलाइएको थियो ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा.हरिहर खनालका अनुसार पेसमेकर एउटा सानो विद्युतीय उपकरण हो । जुन छाती वा पेटमा प्रत्यारोपण गरेर राखिन्छ ।जसले मुटुको धड्कनलाई व्यवस्थापन गर्छ । मुटुको चाल कम हुँदा पेसमेकरको प्रयोग गरिन्छ ।

यस्तै मुटुको चाल कम भएपछि शल्यक्रिया गरेर ब्याट्री राखिन्छ । जुन देब्रे छातीको मुनिको भागमा राख्ने गरिन्छ । त्यसबाट तार लगेर मुटुमा जोडिन्छ । मुटुको चाल कम भएको बेला त्यही तारले धड्कन दिएर मुटु चल्न मद्धत गर्ने डा.खनालले भन्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस