
तस्विर स्रोत ; सामाजिक संजाल
काठमाडौं १२ असार ।
मुलुकमा नक्कली भुटानी शरणार्थी प्रकरण सेलाउन नपाउदै अर्को ललिता निवास प्रकरणमा आज प्रहरीले भाटभटेनी (सुपरमार्केट)का सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनीका सञ्चालक गुरुङलाई नक्साल बाट आज पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार निकै पहिला देखी चर्चा चलेको बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोप लागेका गुरुङलाई सोधपुछका लागि मंगलबार बिहान सिआईबीकोे टोलीले नक्साल स्थित उनकै निवासबाट पक्राउ गरेको हो।
निकै पहिला देखी चासोको विषय बनेको ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा गुरुङ प्रहरीको फरार सूचीमा रहदै आएका थिए ।












प्रतिक्रिया दिनुहोस