आज:  | Tue, 14, May, 2024

अनेरास्ववियु विद्यार्थीद्धारा नीलकण्ठ क्याम्पस प्राङ्गणमा बृक्षारोपण

१५ असार २०८०, शुक्रबार १९:३६ मा प्रकाशित ( १0 महिना अघि) ४५७ पाठक संख्या
नारी बाटिका


नीलकण्ठ क्याम्पस प्राङ्गणमा बृक्षारोपण

धादिङ,१५ असार ।

आज नीलकण्ठ बहुमुखी क्याम्पस धादिङका विद्यार्थी हरुले क्याम्पस प्राङ्गणमा बृक्षारोपण गरिएको छ जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा अनेरास्ववियु नीलकण्ठ बहुमुखी क्याम्पस विद्यार्थी कमिटिले पुष्प जन्य विरुवा रोपेको जानकारी दिएको हो ।

विद्यालयले समेटेको क्याम्पस वरपर तथा प्राङ्गणमा हरीयाली हुदा सुन्दर र स्वच्छ वातावरण बनाउने उद्देश्य सहित क्याम्पस प्राङ्गणमा बृक्षारोपण गरिएको अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष आमोश थापा तामाङले बताएका छन् ।

कल्की, म्याङ्गोष्टि, दुबो गरी विभिन्न जातका ३० वटा विरुवा रोपिएको अनेरास्ववियुाले जानकारी दिएका छन् । भण्डारीको जन्मजयन्तीको अवसरमा अनेरास्ववियु विद्यार्थीले सप्ताहव्यापी रुपमा कार्यक्रम गरिरहेको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस