आज: २०८२ भाद्र २८, शनिबार | Sat, 13, Sep, 2025

नेपाली भ्रमण टोलीको पहिलो रोजाईको धाम मध्यको प्रसिद्ध धार्मिकस्थल गलेश्वर महादेव धाम

२०८० अषाढ १६, शनिबार मा प्रकाशित ( २ साल अघि) ८९६८ पटक पढिएको
नारी बाटिका


असार १६ शनिवार ।

म्याग्दी जिल्लाको बेनी नगरपालिकामा पर्ने प्रसिद्ध गलेश्वर महादेव धामलाई निकै महत्वको धार्मिक स्थलका रुपमा हेरिन्छ । नेपाल भित्रका सहकारी ,संघसंस्थाहरु,विद्यालय,स्थानिय पालिकाहरुले भ्रमण कार्यक्रमको आयोजना गरिदा यस गलेश्वर महादेव धामलाई भ्रमणको पहिलो सुचिमा राखिने गर्दछन् । पौराणिक धार्मिक मान्यता बोकेको यस पवित्र धामलाई विश्वसम्पदाको सूचीमा राख्न म्याग्दी जिल्लाको वेनी नगरपालिकाले पहल सुरु गरेको छ ।

चारधाम मध्यको १ मुख्य प्रवित्र तिर्थस्थलको रुपमा लिइने मुनिाथ मन्दिर दर्शन गर्ने तिर्थयात्रीहरुले मुक्तिनाथ दर्शन गरी फर्कने क्रममा बिचै बाटोमा पर्ने यस गलेश्वर महादेव धामको दर्शन नगरी फर्कदैनन् । निकै पुरानो र धार्मिम महत्व बोकेको यस धार्मिकस्थल गलेश्वर धामलाई विश्वसम्पदा सूचीमा राख्न सोही मन्दिर रहेको म्याग्दीको बेनी नगरपालिका स्थानीय सरकारले पहल शुरु गरेको हो ।

सोही नगरपालिकाको वडा नं। ९ मा पर्ने यस धामलाई विश्वसम्पदाको सूचीमा सूचीकृत गर्न नगरले पहल र संघीय सरकारसँग समन्वय गरिरहेको नगरप्रमुख सुरत केसीले जानकारी गराएका छन् ।

‘यस गलेश्वर धाम मन्दिरको वरपर एउटै चक्रशिलामा बनेको छ । गएको १९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेको र तेती तिर्थयात्रीहरुको महत्वको स्थल बन्ने नगरेको पायपछि ति साधुले यस मन्दिारका बारेमा वातविक पौराणिक कुरा जानकारी गराई दिएपछी गलेश्वर तीर्थस्थलको रूपमा चिनिँदै जान थालेको बताइन्छ ।

पौराणिक कथन अनुसार बाबु दक्ष प्रजापतिको यज्ञमा हाम फालेर प्राणत्याग गरेकी सतीदेवीको शव काँधमा महादेवले बोकेर हिँड्दै गर्दा सतिदेवीको गला पतन भएकोले त्यस ठाउँको नाम गलेश्वर धाम बन्न पुगेको धामिृक स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, विशाल चट्टानमा जगविना नै निर्माण गरिएको भगवान शिवजीको मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिंग, साँढेका विशाल मूर्ति, घण्ट यस धामका मुख्य आकर्षणहरुहुन्।

पछिल्लो समयमा नेपाली तिर्थयात्रीहरु मात्रै नभएर गलेश्वर महादेव धाममा भारतीय धार्मिक पर्यटकको पनि दर्शन गर्नका वृद्धि हुन थालेको छ। कालिगण्डकी र रघुगंगा नामका नदीको संगम स्थलमा रहेको यस गलेश्वर महादेव धाममा अहिले उद्यान गर्ने कार्य सहितका पूर्वाधारहरु निर्माण हुन थालिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस