आज:  | Mon, 13, May, 2024

नेपालमा पाठेघर क्यान्सर विरुद्धको २० हजार मात्रा एचपिभी खोप आइपुग्यो

१९ असार २०८०, मंगलवार १९:३८ मा प्रकाशित ( १0 महिना अघि) ४८२ पाठक संख्या
नारी बाटिका


काठमाडौं १९ असार ।

पछिल्लो समयमा हजारौं महिलाहरु पाठेघरको समस्याबाट ग्रसित भइरहेका छन् । महिलाको मुख्य प्रजनन् अंगको रुपमा रहेको पाठेघरको मुखको क्यान्सर बाट कयौं महिलाहर पिडित भइ समस्या भोग्नु परिरहेको सन्धर्वमा सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने २० हजार मात्रा एचपिभी खोप नेपाल आइपुगेको जानकारी गराएको छ। मंगलबार २० हजार मात्रा एचपिभी खोप नेपाल आइपुगेको जानकारी गराएको हो।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाकी वरिष्ठ फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप मंगलबार २० हजार मात्रा आइपुगेको जनाउनु भएको हो।

यो खोप चिनियाँ कम्पनीले उत्पादन गरेको हो । यो खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मान्यता दिएको खोप भनी जनाइएको छ । साथै हाल यस खोपलाई टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा राखिएको छ । मन्त्रालयमा कहाँबाट लगाउन सुरु गर्ने भन्ने विषयमा पनि छलफल चलिरहेको छ ।

विभागका अनुसार सरकारले खरिद गरेको यो खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दुई मात्रा दिइनेछ। ह्युमन प्यापिलोमा भाइरसबाट लाग्ने पाठेघरको मुखको क्यान्सरका कारण संसारभर वर्षेनि ३ लाख महिलाको ज्यान जाने गरेको छ।

महिलाको प्रजनन् स्वास्थ्य विषयमा एक नयाँ अध्ययनका अनुसार एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम ९० प्रतिशत सम्म घटाउँन सक्नेछ। सरकारले विसं २०८० जेठ सम्म १ लाख २९ हजार ३५५ जनाको निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको पनि जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस