
नारी बाटिका
धादिङ, २० असार ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ११मा वर्षाले बिगारेको कच्ची सडकमा ट्याक्टर चलाउन निषेध गरिएको छ । दिनहुँ जसो भइरहेको वर्षाले वडाको जताततै कच्ची सडकहरु बिग्रन थालेपछी नगरपालिका वडा नं ११ ले वडा भित्रका बाटोहरुमा ट्याक्टर चलाउन निषेध गरेको हो
वडाले मंगलबार एक सुचना जारी गर्दै हाल वर्षातको समयमा बिभिन्न ठाउँमा पहिरो गई बाटोहरु अवरुद्ध भइ पटक पटक बाटो सफा गर्दा पनि बाटोमा पहिरो गइ बिग्रेको र त्यसै माथी ट्रयाकटरहरु दौडिदा झनै बढी बाटो बिगारेर अन्य गाडिहरु आवत जावत गर्न नै रोकिएको हुँदा ट्याक्टर हिडाउन निषेध गरिएको वडा अध्यक्ष राम बहादुर श्रेष्ठले बताएका छन् ।
तेसैगरी अर्को सुचना नआए सम्म यस ११ न.ं वडाको बाटोहरुमा ट्याक्टर चलाउन नपाउने गरि निषेध गरिएको वडा कार्यलयले जनाएको छ । साथै सुचनामा अटेर गरेर ट्रयाक्टरहरु हिडाएको थाहा भएमा कडाईका साथ कारबाही गरिने जारी सुचनामा भनिएको छ ।








प्रतिक्रिया दिनुहोस