आज:  | Sat, 27, Apr, 2024

आज पृथ्वीबाट सबै भन्दा टाढा सूर्य रहने, गर्मी बढ्ने, दिन पनि लामो हुने

२१ असार २०८०, बिहीबार ०८:२२ मा प्रकाशित ( ९ महिना अघि) ५६५ पाठक संख्या
नारी बाटिका


असार २१ काठमाडौं ।

आज पृथ्वीबाट सबै भन्दा टाढा सूर्य रहने, नेपालका खगोलविदहरुले बताएका छन् । सुर्य पृथ्वी बाट सबै भन्दा टाढा रहने भएकोले गर्मी बढ्ने छ भने उत्तरी ध्रुवमा दिन लामो हुने र रात छोटो हुने वताइएको हो ।

यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात लामो र चिसो हुन्छ । यो जानकारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुरले जनाएको हो ।

समितिका निमित्त कार्यकारी निर्देशक डा( सनतकुमार शर्माका अनुसार पृथ्वीको सूर्यको वरीपरी घुम्ने परिभ्रमण पथ (कक्ष)अण्डाकार छ । जसले गर्दा पृथ्वी वर्षमा एक पटक सूर्यको सब भन्दा टाढा पुग्ने गर्दछ । यसलाई सूर्य दुरुस्थ भनिन्छ ।

पृथ्वी र सूर्यको लगभग दुरी १५ करोड किलोमिटर छ र पृथ्वीको अण्डाकार पथले गर्दा दुरीमा परिवर्तन भैरहन्छ । यसको परिणाम पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति पनि अलि कम हुन जान्छ । सबभन्दा नजिक पुग्दा गति छिटो हुन्छ । ‘यस समयमा दक्षिण ध्रुव भन्दा उत्तरी ध्रुवको दिन केही लामो हुन जान्छ,’ कार्यकारी निर्देशक डा शर्माको भनाइ रहेको छ । त्यस्तै उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्तिहरू र दक्षिणी ध्रुवमा १० प्रतिशत व्यक्तिहरु बसोबास गर्दछन् ।

पृथ्वी सूर्यको सबभन्दा टाढाको विन्दु र सब भन्दा नजिकको विन्दुमा पुग्दा केही लाख किलोमिटरको फरक परे तापनि यसले तापक्रममा त्यति परिवर्तन ल्याउँदैन । तर अनौठो कुरा भने पृथ्वी सूर्यबाट सब भन्दा टाढाको विन्दुमा पुगेको समयमा (असार र साउन महिनामा) सबभन्दा बढी गर्मी हुन्छ ।

यसको कारणबारे प्रष्ट्याउँदै विकास समितिले भनेको छ, ‘यसो हुनुको मुख्य कारण पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनु हो । जसले गर्दा पृथ्वीमा ऋतुहरू परिर्वतन हुने गर्दछन् । जुलाई ६ अर्थात आषाढ २१ गते पृथ्वी सूर्यबाट टाढा रहेतापनि २३.५ डिग्री सूर्यतिरै झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबभन्दा बढी गर्मी अनुभूति गराउँदछ ।’

समितिले जनाए अनुसार ‘उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्तिहरू बसोबास गर्दछन् भने केवल १० प्रतिशतमात्र दक्षिणी ध्रुवमा बसोबास गर्दछन् । यही समयमा दक्षिणी ध्रुवमा (जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्ड आदि० सूर्यबाट टाढा झुकेको हुनाले दिन छोटो, रात लामो र चिसो हुन गएको हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस