आज:  | Mon, 13, May, 2024

२०७९ को एसईई परिक्षाको नतिजा आज सार्वजनिक

२१ असार २०८०, बिहीबार १९:०४ मा प्रकाशित ( १0 महिना अघि) ६५५ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

काठमाडौँ २१ असार ।

२०७९को एसईई परिक्षाको नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरिएको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डको बैठक पछि गत चैत १७ गतेदेखि २९ गतेसम्म संन्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।

२ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजी विद्यालय गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको यस एसईई) परिक्षामा सहभागिता रहेको थियो ।

गत २०७२ सालको परिक्षा प्रणाली अनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था रहेको छ । नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनु पर्ने व्यवस्था छ ।

नयाँ पद्धति अनुसार सबै विषयमा ३५ प्रतिशत भन्दा कम अङ्क ल्याउने विद्यार्थी लाई नन ग्रेडेडमा राख्ने व्यवस्थामा उल्लेख गरिएको छ । तर यो व्यवस्था भने आगामी वर्ष देखि मात्रै लागू हुने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस