आज:  | Mon, 13, May, 2024

बैदेशिक रोजगारीको लागी श्रम स्वीकृति अब गाउँपालिकाबाटै दिने

२२ असार २०८०, शुक्रबार १९:४२ मा प्रकाशित ( १0 महिना अघि) ३०९ पाठक संख्या
नारी बाटिका


धादिङ, २२ असार ।

धादिङको ज्वालामुखी गाउँपालिकाले बैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृति अब गाउँपालिकाबाटै दिने सुरु गरेको छ । गाउँपालिकाको रोजगार सेवा केन्द्र शाखाबाट एक युवा जितेन्द्र फ्यालीलाई पुनः श्रम स्वीकृति (वैदेशिक रोजगारी)मा जाने आवश्यक अनुमती पत्र उपलव्ध गराउँदै उक्त सेवाको सुरुवात गरेको हो।

विगतमा श्रम तथा रोजगार मन्त्रालयबाट मात्र उपलव्ध गराउँदै आईरहेको वैदेशिक रोजगारीमा जाने अनुमती पत्र सरकारले वैशाख १ गते देखि लागु हुने गरी स्थानिय तह बाटै नै श्रम स्वीकृति दिने निर्णय गरेपनि कार्यन्वयनमा भने आउन सकेको थिएन । सरकारको उक्त निर्णयलाई कार्यन्वयन गर्दै धादिङको ज्वालामुखी गाउँपालिकामा पहिलो पटक जितेन्द्र फ्यालीबाट सेवा सुरु भएको रोजगार संयोजक रमिला थापा मगरले बताएकी छिन्।

वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागी आवश्यक पर्ने पहिलो श्रम स्वीकृति पत्र तथा पुनः श्रम स्वीकृतिको लागि स्थानिय निकायबाटै पाउने भएपछि क्रमश सेवाग्राही बढ्ने रोजगार संयोजक थापाको भनाई छ ।

बैदेशिक रोजगार जानुपुर्व अनिवार्य रुपमा लिनुपर्ने श्रम स्वीकृति यसअघि काठमाण्डौबाट मात्र गर्न सकिने व्यवस्था रहेको थियो ।गाउँपालिकाबाटै श्रम स्वीकृति र पुन श्रम स्वीकृतिको आवेदन दिने व्यवस्था भएसँगैै अब काठमाडौं धाउनु पर्ने बाध्यता पनि हट्ने स्थानिय नागरिकहरुलाई खर्चमा पनि केही सहज हुने पाइएको छ ।

त्यस्तै अनलाइनबाट यस सेवा लिन आवेदन कार्यका लागि नेपाली नागरिकताको सक्कल, भिसाको कागजात, करार सम्झौता पत्र, सम्बन्धित व्यक्तिको बैंक खाता विवरण, स्वास्थ्य परिक्षण र अभिमुखिकरण तालिमको प्रमाणपत्र, म्यादी जीवन बिमाको कागजात, कल्याणकारी कोषमा रकम तिरेको बैंक भौचर, पासपोर्ट साइजको फोटो २ प्रती आवश्यक पर्नेछ ।

वैदेशिक रोजगारीलाई भरपर्दो, सुरक्षित र मर्यादित बनाउन र वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको अनलाइन फारम गाउँपलिकाको रोजगार सेवा केन्द्रमा गएर भर्न पाइने व्यवस्था गरिएको ज्वालामुखी गाउँपालिकाले जनाएको

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस