आज:  | Mon, 13, May, 2024

आज राष्ट्रिय सभाको बैठक बिहान ११ बजे बस्दै

२६ असार २०८०, मंगलवार ०७:४४ मा प्रकाशित ( १0 महिना अघि) ४७० पाठक संख्या
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ,२६ असार ।

आज राष्ट्रिय सभाको बैठक बिहान ११ बजे बस्संने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालय गत रूपमा छलफल हुने भएको छ।

असार २६ आज मंगलवार बस्ने बैठकमा गृह, रक्षा, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि , परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानून, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट माथि छलफल हुने जनाइएको छ।

यस्तै आजको बैठकमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका लागि छुट्याइएको बजेट माथि पनि छलफल हुने संसद्को कार्यसूचीमा जनाइएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस