आज:  | Sat, 27, Apr, 2024

नारी जागरण केन्द्रले महिला सिप र क्षमता बिकास कार्यमा,महत्वपुर्ण भुमिका खेलेको; प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे

२७ असार २०८०, बुधबार १०:४३ मा प्रकाशित ( ९ महिना अघि) ६३८ पाठक संख्या
नारी बाटिका


 

धादिङ, २७ असार ।

धादिङ जिल्लामा महिलाको आर्थिक,सामाजिक क्षेत्रमा क्षमता बिकास गराउन यस्ता स्वरोजगार तथा सिपमुलक कार्यक्रम संन्चालन गरी नारी जागरण केन्द्र धादिङले महिला सिप र क्षमता बिकास कार्यमा,महत्वपुर्ण भुमिका खेलेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले वताउनु भएको छ । मंगलवार केन्द्र धादिङद्धारा आयोजित महिला स्वरोजगार तथा सिपमुलक तालिमको समापन समारोहलाई संवोधन गर्दै सो कुरा वताउनु भएको हो ।

असार २२ देखी केन्द्रको कार्मलयको तालिम हलमा संन्चालित महिला स्वरोजगार तथा सिपमुलक आधारभुत पहिलो चरणको तालिम केन्द्रका जेष्ठ नागरिक तथा अध्यक्ष चित्र कुमारी भण्डारीको अध्यक्षता तथा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सिप किन ? स्वरोजगार बन्न,आम्दानी गरी जिवन चलाउन भन्ने मुख्य उदेस्यका साथ संन्चालन भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गैरेले यस्ता महिला स्वरोजगार तथा उद्यमीशिल कार्यक्रमले जिविकोपार्जनमा सहयोग पुर्याउने,समयको पनि सदपयोग हुने र महिलाको हक अधिकारको लागि आवाज उठाउन महत्वपुर्ण भुमिका खेल्न सक्ने भएकोले यस कार्यक्रमको महत्व रहेको वताउनु भएको हो ।

महिलाहरुको हक हितको लागि सबै एक जुट हुनुपर्ने भन्दै उहाँले नारी जागरण केन्द्र धादिङले गरेको कामलाई प्रशंसा गर्नुभयो । केन्द्रको कार्यलय रहेको नारी सुरक्षा भवनको तालिम हलमा भएको उक्त कार्यक्रम यही असार २२ गते देखी असार २६ ५ दिन सम्म संन्चालित तालिममा समुह सदस्यहरु र समुदायबाट गरी गरी २० जनाको सहभागिता रहेको थियो ।

त्यस्तै निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्षेातम सुवेदी,धादिङ जिल्लाका प्रहरी कार्यलयका प्रमुख गौतम मिश्रको विषेश आतिथ्यता रहको थियो । उक्त समापन कार्यक्रममा पछिल्लो समयमा हाम्रो समाजमा आत्महत्या तथा साईवर अपराध गर्नेहरुको संख्या वृद्री हुदै गएकोले आत्महत्या न्युनीकरण तथा सामाजिक संन्जालको दुरुपयोग (साईवर अपरा विरुद्ध सम्बन्धीत सरकारी निकय,प्रहरी र गैरसरकारी संस्थाहरुबिच सहकार्य गरी यस क्षेत्रमा काम गर्नुपर्ने प्रहरी प्रमुख मिश्रले वताउनु भयो ।

यस्तै निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्षेातम सुवेदीले नारी जागरण केन्द्रले विगतमा नगरपालिका बिच सहकार्य गरी धेरै काम गरिरहेको र आगामी वर्षमा पनि महिलाको सवालमा मिलेर कार्य गर्ने वताउनु भएको छ । साथै नगरपालिकामा मेयर उद्यमीशिल कार्यक्रम रहेकोले व्यवशाय गरी काम गर्न चाहानेहरुका लागी सहयोग गर्ने वताउनु भएको छ ।

 

आर्थिक अवस्था कमजोरी तथा आम्दानीको स्रोत नहुदा घर परिवार चलाउन समस्यामा परेका सदस्यहरुको पहिचान गरी फुर्सतिलो समयलाई समेत सदपयोग गरी सिप सिकेर आत्मनिर्भर बनौ भन्नेचहाना भएकाहरुका लागी यस महिला उद्यमशिल तथा सिममुलक तालिम महत्वपुर्ण हुने भएकोले केन्द्रको वार्षिक योजनामा समावेश गराई यस कार्यक्रमम संन्चालन गरिएको संस्थाका कार्यकारी निर्देशक भगवती उप्रेतीले वताउनु भयो ।

 

५ दिनसम्म संन्चालन भएको महिला स्वरोजगार तथा सिपमुलक तालिममा तालिमका प्रशिक्षक आशा श्रेष्ठले तालिमका सहभागीहरुलाई पछिल्लो समयमा नेपाली बजारमा चलेका पोतेका डिजाइन हरु,नेपाली बजार र विदेशी बजारमा समेत निरियात गर्न सकिने उनीबाट बनाउने मोजा टोपी लगायका सिपहरु सिकाउनु भएको थियो ।

साथै यो ५ दिने तालिम आधारभुत मात्रै रहेको र सहभागीको चासो,लगनशिलता र समयको ब्यवस्थापन गरेसंगै फेरी अर्को पटक दोस्रो चरणको एड्भानस् कोर्सको ब्यवस्था गरी यस सिपमुलक तालिममा सहभागी भएका हरुलाई ब्यवशायिक रुपमा नै अगाडी बढाउने केन्द्रको लक्ष अनुसार यस कार्यक्रमको आयोजना गरिएको केन्द्रका कार्यकारी निर्देशक उप्रेतीले जानकारी गराउनु भएको छ ।

केन्द्रका जेष्ठ नागरिक तथा संस्थाका सम्रक्षक चित्र कुमारी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त समापन कार्यक्रममा केन्द्र अन्तर्रगतका विभिन्न महिला समुहका प्रमुख एवंम प्रतिनिधि, ,नारी विकास सहकारीका सदस्य लगायत सन्चारकर्मीरुको सभागिता रहेको थियो ।

साथै नारी जागरण केन्द्रको सभाहलमा भएको तालिममा केन्द्र अन्तर्रगतका महिला समुहका सदस्य, नारी विकास महिला सहकारी संस्थाका सदस्यहरु, समुदायका सदस्य समेत २० जनाको सहभागिता रहेको तालिममा काठमाण्डु सुकेधारा निवासी आशा श्रेष्ठले प्रशिक्षण गर्नु भएको थियो । विगतदेखी नै केन्द्रले समुदायमा समुह गठन गर्ने,चेतनामुलक कार्यक्रम तथा सिपमुलक तालिम दिने जस्ता काम गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस