आज:  | Tue, 14, May, 2024

डोटी आदर्श गाउँपालिका २ मौवामा सरकारी गाडी दुर्घटना १ जनाको मृत्यु

२८ असार २०८०, बिहीबार ०७:३५ मा प्रकाशित ( १0 महिना अघि) ४६८ पाठक संख्या
नारी बाटिका


२८ असार  २०८० ।

बुधबार साँझ डोटी जिल्ला आदर्श गाउँपालिका २ मौवा भन्ने स्थानमा सरकारी गाडी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १ जनाको मृत्यु समेत भएको हो । डोटीको आदर्श गाउँपालिका वडा नम्बर  २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका जनाइएको छ ।

बुधबार साँझ बा १ झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षिया हिरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका डोटीका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिएका हुन् ।

गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रीत भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
घाइते हुनेहरुमा बीर बहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस