आज:  | Mon, 17, Feb, 2025

बिहीबार राष्ट्रियसभाबाट आर्थिक वर्ष २०८०÷८१ को लागी बजेट पारित

२८ असार २०८०, बिहीबार १८:२९ मा प्रकाशित ( १ साल अघि) १९७१ पटक पढिएको
नारी बाटिका


काठमाडौं,२८ असार ।

विहिवार राष्ट्रिय सभाबाट आर्थिक वर्ष २०८०÷८१ को लागी बजेट पारित भएको छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०(८१ को राजस्व तथा आय र व्ययको वार्षिक अनुमानित (बजेट) आज राष्ट्रियसभाबाट पनि पारित भएको हो ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव माथी प्रस्तुत गर्नु भएको थियो।

यसअघी विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। बिहीबार नै बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ समेत दिएका थिए।

तर प्रतिनिधि सभाबाट भने असार १३ गते नै बजेट पारित भईसकेको थियो । सरकारले गत जेठ १५ गते संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस