
नारी बाटिका
नारी वाटिका डट्कम संवाददाता
काठमाडौं, ३१ असार आइतवार ।
नेपाली काँग्रेसका नेता एवं् परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड प्रस्थान गर्नु भएको छ । बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंकक तर्फ प्रस्थान गरेको हो।
आइतबार दिउँसो साढे १ बजे उहाँ थाई स्माइल एयरवेज मार्फत बैंकक प्रस्थान गर्नु भएको मन्त्री साउदको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उहाँ साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।
बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश लगायतका सदस्य मुलुक रहेका छन् । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सामेल भएका छैनन् । बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को स्थानमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रुपमा पनि लिइन्छ ।








प्रतिक्रिया दिनुहोस