
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२५ चैत ।
सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनहरुको भाडादरमा उच्च रुपमा वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको अध्यक्षतामा आज बसेको बैठकको निर्णय अनुसार यातायात व्यवस्था विभागले भाडदरमा समायोजन गरेको हो ।
पछिल्लो समयमा बडेको भाडादर अनुसार सार्वजनिक यातायातको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
यस्तै पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च वृद्धि र अन्य प्राविधिक कारण देखाउँदै यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए ।








प्रतिक्रिया दिनुहोस