आज: २०८२ मंसिर २८, आईतबार | Sun, 14, Dec, 2025

आज नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दै

२०८० श्रावण १, सोमबार मा प्रकाशित ( २ साल अघि) ११४७२ पटक पढिएको
नारी बाटिका


तस्वीर ;अनलाईन साभार

काठमाडौं, १ साउन ।

आज नेपाली कांग्रेसको पदाधिकारीहरुको बिचमा छलफल गर्न बैठक बस्ने भएको छ । काँग्रेसका सभापती शेर व.देउवाले एकलव्टी ढंगले पार्टी संन्चालन गरेको भन्ने विषयमा लामो समयदेखी युवा नेताहरु सार्वजनिक रुपमा नै आरोप प्रतिआरोपमा उत्रिएका थिए । गुटवन्दिी त अन्य पार्टीहरुमा पनि नभएको त हैन नै ‘। तर काँग्रैसमा भने अझै वडी हुने गरेको छ ,भन्दै आएका थिए काँग्रेसका कार्यकर्ताहरु’ ।

युवा नेता गगन कुमार थापा र विश्व प्रकाश शर्मा लगायतका नेताहरु पार्टी सभापती विरुद्ध खरो तरिकाले सार्वजनिक रुपमा विरोध गर्न थालेपछी यस समस्या समधानका निमित्त आवश्यक छलफल गर्न बैठक बस्न लागिएका पार्टी केन्द्रिय कार्यलय स्रोतको भनाई रहेको छ ।

साथै केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको संयुक्त बैठक बस्न लागिएको हो । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागिएको हो । आजको बैठकले भोली साउन २ गते बस्ने केन्द्रीय समितिको बैठकका मुख्य एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेश गर्ने स्रोतले जनाएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने तयारी गरिएको भएता पनि प्रचण्ड पत्नी सीता दाहालको निधनमा शोक मनाउन स्थगित भई साउन २ गते सम्मका लागि सारिएको थियो ।

देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गरेपछि भोलि (मंगलबार) बिहान दुई युवा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग फेरि छुट्टै छलफल गर्ने तयारी समेत गरेको काँग्रेसका केन्द्रिय समितीका एक नेताले जनाउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस