आज:  | Tue, 14, May, 2024

मोवाईल बैकिङ र इन्टरनेट बैकिङबाट सेवामा सहज तर पैसा चोरी हुने उच्च जोखिम

२ श्रावण २०८०, मंगलवार १४:११ मा प्रकाशित ( १0 महिना अघि) ४०९ पाठक संख्या
नारी बाटिका


काठमाडौ, २ साउन ।

मोवाईल बैकिङ र इन्टरनेट बैकिङबाट सेवामा सहज त हुन्छ तर खाताबाट पैसा हराउने अथवा ठगहरुले पैसा चोरी गर्न सक्ने उच्च जोखिम रहने भएकोले  सतर्क रहन सर्वसाधरणा सचेत गराएको छ ।

मोवाईल बैकिङ र इन्टरनेट बैकिङ ले बैकिङ लाई २४ घण्टा ग्राहकको हात मै बैकिङ सेवा दिन सम्भव बनाएको छ । तर केही समय यता मोबाइल बैकिङ वा इन्टरनेट बैकिङ मार्फत ठगी र चोरीका घटना भने निकै बढेका छन ।

कुनै अपरिचित नम्बर बाट फोन आउछ र फोन गर्ने ब्याक्तिले म बैकको कर्मचारी (नाम सहित) भनेर परिचय दिन्छ र बिस्तारै ग्राहकको खाता सम्बन्धित विवरण माग्न थाल्दछ। ग्राहकले पनि बैंकबाट आएको फोन भनेर बिस्तारै आफ्नो खाता तथा अन्य विवरण फोन गर्ने मान्छेलाई भन्दै जान्छ।

Transaction password र OTP समेत बैकले तपाइको खाता वा अरु कुरामा अपरेटिङ गर्दैछ भनेर शेयर गर्न लगाउछ। तत्काल खाता बाट पैसा डेविट हुन्छ अनी आत्तीयर बैकमा खबर गर्नु पहिले नै ठगले पैसा अन्यत्र खाताहरू तथा mobile wallet मा पठाइसकेको हुन्छ ।

साथै कतिपय अवस्थामा तत्काल नगद रकम निकाली सक्दछ र अन्यत्र खातामा जम्मा गरि सकेको हुन्छ । पछिल्लो समयमा यो क्रम दिनहु बढ्दै गइरहेको छ । यसर्थ बैकिङ्ग कारोबार गर्ने ग्राहकहरुले निम्न कुरा बुझ्न जरुरी छ ।

१.बैकको कर्मचारीले खातावालाको खाता सम्बन्धित र अन्य विवरण फोन गरेर कहिल्यै माग्दैनन। खातावालाको बिबरण बैंक मै हुन्छ।

२. कुनै पनि मान्छेलाई (आफन्त समेत लाई)आफ्नो मोवाइल बैकिङ वा इन्टरनेट बैकिङ को  Password र pin कहिल्यै share नगर्नुस। कुनै कारणबस गरिहाल्नु परेमा तत्काल परिवर्तन गर्नु होस।

३.  Sharing basis मा laptop वा desktopमा चलाउनु हुन्छ र सोही device बाट इन्टरनेट बैकिङ वा क्ष्एक् IPS connect चलाई राख्नु हुन्छ भने  usernameर password कहिल्यै device मा  save नगर्नुस ।

४. कुनै ब्याक्तिले यसरी तपाइको खाता सम्बन्धित विवरणहरू शङ्कास्पद हिसाबले मागेमा होशियार हुन्छ र कुनै विवरण शेयर नगर्नु होस। उक्त फोन नं र अन्य विवरण सम्बन्धित बैक मा जानकारी गराउनु होस।

५.तपाईलाई lottery वा चिट्ठा पर्यो हामी पैसा पठाई दिन्छौ तपाइको खाताको बिबरण चाहियो भनेर आउने message र email को तपाईलाई  लोभमा परेर जवाफ नदिनु । तपाईले कहिल्यै खरिद नगरेको lottery कसरी तपाईलाई पर्दछ ?

६.बैक को कर्मचारीले ग्राहकको खाता संचालन गरी रकमान्तर हुन सक्ने प्रकारका कुनै विवरण माग गर्न मिल्दैन र माग्दैनन पनि। यसर्थ फोन को भरमा कुनै जानकारी शेयर नगर्नु होस।

७.आफुले कुनै भुक्तानी नगरेको अवस्थामा खाताको रकम डेविट भएको जानकारी SMS मार्फत प्राप्त हुना साथ तत्काल बैकमा सम्पर्क गर्नु होस,।

खाता सम्बन्धित विवरण,  Password र Transction pin शेयर गर्नु भनेको पैसा राखेको money Bag (पैसाको थैली) लाई मेला लागेको चौरहामा छोडेर हीड्नु जस्तै हो। चोरी हुन्छ। यसर्थ थैलीलाई कसेर दराजमा राखौ र lock गरौ( चोरी र ठगी बाट बचौ । सर्व साधारणको वित्तीय साक्षरताका लागी ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस